रोल्पामा पहिरोले घर पुरिएर बेपत्ता भएका हजुरआमा- नातिनी शव भेटियो
नेपाल प्रेस
२०८१ साउन १९ गते ११:४८
रुपन्देही । लुम्बिनीको पहाडी जिल्ला रोल्पामा पहिरोले घर पुरिएर बेपत्ता दुई जनाको शव भेटिएको छ ।
पहिरोले पुरिएर बेपत्ता भएका ६५ वर्षीया हजुरआमा बसुना सुनार र ४ वर्षीया नातिनी माया सुनारको शव फेला परेको हो ।
शुक्रबार राति सुनछहरी गाउँपालिका-४ कामीडाँडामा पहिरो जाँदा देउसिंह कामीको घर पहिरोले पुरिएको थियो । पहिरो पन्छाउने क्रममा उनीहरुको शव फेला परेको रोल्पाका प्रहरी प्रमुख डीएसपी भरत लामाले बताए।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार राति ९ बजेतिर घर माथिबाट पहिरो आएर घर पुरिएको हो । घरमा हजुरआमा र नातिनी रहेका थिए।
प्रतिक्रिया
सम्बन्धित खवर