थाई एयरको भैरहवा–थाइल्याण्ड उडानबारे प्रधानमन्त्रीको प्रतिक्रियाः काठमाडौंको चाप कम गर्न नियमित संचालन गर्नुपर्दछ – Nepal Press

थाई एयरको भैरहवा–थाइल्याण्ड उडानबारे प्रधानमन्त्रीको प्रतिक्रियाः काठमाडौंको चाप कम गर्न नियमित संचालन गर्नुपर्दछ

काठमाडौं । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइ एयर एसियाले थाइल्यान्डका लागि सातामा चार उडान गर्न अनुमति पाएपछि निजी क्षेत्र उत्साहित छ ।

बिहीबार भएको यो सम्झौताका विषयमा शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत उडान अनुमति दिइएको जानकारी दिएका छन्।

उनले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पनि अन्तर्राष्ट्रिय उडानका लागि पूर्णरूपमा सञ्चालनमा ल्याउन कार्यदल गठन गरेर यही साता बस्ने मन्त्रिपरिषद्को बैठकमा एयरपोर्ट सञ्चालनसम्बन्धी योजना पेश गर्ने जिम्मेवारी तोकेको जनाएका छन्।

उनले लेखेका छन्, ‘थाइ एयर एसियाले हिजोदेखि साताको चार दिन भैरहवा – थाइल्यान्ड उडान अनुमति पाएको छ। पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ अन्तर्राष्ट्रिय उडानको प्रयोगमा ल्याउन हामी लागिरहेका छौँ। हिजो हामीले यस सम्बन्धी कार्यदल गठन गरेर यसै साता बस्ने मन्त्रिपरिषद्को बैठकमा एयरपोर्ट सञ्चालन सम्बन्धी योजना पेश गर्ने जिम्मेवारी तोकेका छौं। यी दुई विमानस्थल सञ्चालनमा ल्याउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप पनि घट्ने छ। विमानस्थल सञ्चालन सम्बन्धी सुझाव दिन विज्ञहरूलाई समेत अनुरोध गर्छु।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर