स्टान्डर्ड चार्टर्ड बैंकले कमायो सवा ३ अर्ब नाफा
काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकको नाफा घटेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंकको नाफा ४.५१ प्रतिशतले घटेर ३ अर्ब ३० करोड ८९ लाख ५४ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्ष यस बैंकले ३ अर्ब ४६ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी पनि घटेको छ । खुल ब्याज आम्दानी १३.४६ प्रतिशतले घटेर ५ अर्ब १५ करोड ४४ लाख ९४ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको यसै अवधिमा यसले ५ अर्ब ९५ करोड ६० लाख २५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
बैंकको चुक्ता पुँजी ९ अर्ब ४२ करोड ९४ लाख ५४ हजार रुपैयाँ छ ।
प्रतिशेयर आम्दानी ३५ रुपैयाँ ०९ पैसा र प्रतिशेयर नेटवर्थ २१८ रुपैयाँ ०४ पैसा छ । यसको खराब कर्जा भने बढेर २.१४ प्रतिशत पुगेको छ । आधारदर घटेर ६.६० प्रतिशतमा आइपुगेको छ ।