सिटिजन्स बैंकको नाफा १ अर्ब ३४ करोड – Nepal Press

सिटिजन्स बैंकको नाफा १ अर्ब ३४ करोड

काठमाडौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले गत आर्थिक वर्ष १ अर्ब ३४ करोड २४ लाख रूपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २७.९७ प्रतिशत कम हो । अघिल्लो वर्ष १ अर्ब ८६ करोड रूपैयाँ नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी पनि घटेको छ । ५ अर्ब ८२ करोड रहेको उक्त आम्दानी २.४४ प्रतिशत घटेर ५ अर्ब ६८ करोड रूपैयाँ कायम भएको छ । बैंकको इम्पेयमेन्ट चार्ज ४५ प्रतिशत बढेर १ अर्ब ७६ करोड ५२ लाख रूपैयाँ पुगेको छ । चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार रूपैयाँ रहेको सिटिजन्सको जगेडा कोषमा ६ अर्ब ७४ करोड जम्मा छ ।

बैंकको निक्षेप १ खर्ब ९१ अर्ब ६७ करोड रूपैयाँ पुगेको छ । भने कर्जा लगानी १ खर्ब ५७ अर्ब ५८ करोड रूपैयाँ पुगेको छ । सिटिजन्सको कर्जा पुँजी निक्षेप अनुपात (सीडी रेसियो) घटेर ८१.८४ प्रतिशत कमायम भएको छ । अघिल्लो वर्ष ८२.४० प्रतिशत थियो । यसको आधारदर ८.२६ प्रतिशत कायम भएको छ । बैंकको आधार दर एकल अंकमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर