अमेरिकामा हरेक सयमा ४ जना बेरोजगार
नेपाल प्रेस
२०८१ साउन २० गते ११:५९
काठमाडौं । अमेरिकामा बेरोजगारको ग्राफ बढेको छ । जुलाई महिनामा मात्रै बेरोजगारी दर ४.३ प्रतिशत पुगेको छ । यो भनेको हरेक १०० मान्छेमा चारजना बेरोजगार हुनु हो ।
अमेरिकी विश्व च्यानल सीएनएनका अनुसार गत महिना अमेरिकाले १ लाख १४ हजारमात्रै रोजगारी सिर्जना गरेको थियो ।
बढ्दो बेरोजगारीले श्रम बजार थिलथिलो भएको भन्दै अमेरिकाको मुल्तबी आर्थिक मन्दीलाई थप बल पुर्याउने सीएनएनले लेखेको छ ।
प्रतिक्रिया