युद्धको त्रास मडारिएसँगै विभिन्न देशहरूको आफ्ना नागरिकलाई लेबनान छोड्न आग्रह – Nepal Press

युद्धको त्रास मडारिएसँगै विभिन्न देशहरूको आफ्ना नागरिकलाई लेबनान छोड्न आग्रह

काठमाडौं । पश्चिम एसियामा युद्धको त्रास मडारिएसँगै विभिन्न देशहरूले आफ्ना नागरिकहरूलाई लेबनान छोड्न आग्रह गरेका छन् ।

बेलायती प्रसारक बीबीसीका अनुसार अमेरिका, बेलायत, फ्रान्स, क्यानडा, स्विडेन, जोर्डन लगायतका देशहरूले यस्तो आग्रह गरेका छन् ।

बुधवार इजरायलले इरानी राजधानी तेहरान पुगेका हमासका राजनीतिक नेता इस्माइल हानिएलाई हत्या गरेसँगै यस्तो त्रास फैलिएको हो ।

इरानले प्रतिकार गर्ने बताएको छ भने इरानी समर्थनका लेबनानमा भएका हेजबुल्लाले पनि इजरायललाई ठूलो आकारको आक्रमण गर्ने जोखिम बढेको बताइएको छ ।

यसको प्रतिक्रिया स्वरूप अमेरिकाले शनिवार एक सूचना जारी गरेर आफ्ना नागरिकहरूलाई फिर्ताको तयारी गर्न सूचना दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर