पशुपति कोटिहोममा कुटिए दुई पत्रकार, के थियो विवाद ?
काठमाडौं । पशुपति कोटिहोममा रिपोर्टिङका लागि गएका दुई पत्रकार कुटिएका छन् । कोटिहोम आयोजकका मान्छेहरुले नै आफूमाथि निर्घात कुटपिट गरेको उनीहरूको आरोप छ ।
लोकतन्त्र टाइम्स नामक समाचार पाेर्टल र युट्यूव च्यानल सञ्चालन गर्ने प्रिन्स मिश्र र क्यामरापर्सनसमेत रहेका उनका भाइ अखिल मिश्रमाथि कुटपिट भएको हो । दुवैजनाको टाउकोमा चोट लागेको छ । भारतीय कथावाचक श्रीकृष्ण अनिरुद्रको भिडिओ खिच्ने क्रममा उनीहरुसँग विवाद सुरु भएको थियो ।
नेपाल प्रेससँग कुरा गर्दै प्रिन्सले केही दिनअघि देवी प्रतिभाको पत्रकार सम्मेलनमा आलोचनात्मक प्रश्न सोधेकोमा रिसइवी साँधिएको दाबी गरे । कुट्नेहरू आयोजक संस्थाकै स्वयम्सेवक भएको उनको भनाइ छ । आयोजकले भने कुटपिटको घटनामा आफ्ना स्वयम्सेवक र कर्मचारी संलग्न नरहेको बताएका छन् ।
घटनाको बारेमा प्रिन्सको भनाइ यस्तो छः
मैले सुरुबाट नै दान सचिवालयको बारेमा भिडिओ बनाउँदै आएको छु । देवी प्रतिभाजीको पत्रकार सम्मेलनमा मैले दानको पारदर्शीताको विषयमा प्रश्न उठाएको थिएँ । १२ वटा दान सचिवालय राखेर आर्थिक संकलन गर्नु त व्यापार भएन र ? भनेर सोधेको थिएँ । आज मलाई त्यही निहुमा कुटपिट भएको हो ।
हामी भारतीय बाबा अनिरुद्रको भिडिओ खिचिरहेका थियौं । त्यही बेला एकजना मेरो नजिक आएर मलाई धक्का दिन थाल्नुभयो । पछि कार्डको नभएको निहुमा उहाँले त्यहाँबाट धकेल्दै लैजानुभयो । मैले सूचना विभागको कार्ड देखाउँदा ‘यसले हुँदैन, कोटी होमकै कार्ड चाहिन्छ’ भन्नुभयो । त्यसपपछि मैले कार्ड बनाइदिनुस न त भनेँ । अनि उहाँहरुले कार्ड बनाउने ठाउँमा लैजानुभयो । भित्र लगेपछि गालीगलौज गर्ने, धम्की दिने कुराहरु भए । अस्तिको पत्रकार सम्मेलनको भिडिओको स्क्रिनसट देखाएर मेरो कार्डमाथि र ममाथि थुक्नसमेत थाल्नुभयो । त्यत्तिकैमा मेरो भाईलाई एकजनाले थप्पड हाने । मेले रोक्न खोज्दा ममाथि पनि निर्घात कुटपिट भयो ।
प्रहरी त्यहाँ थिएनन् । अरु कसैले पनि हामीलाई कुट्न रोकेनन् । आधिकारिक रूपमा दर्ता भएको सञ्चारमाध्यमको पत्रकारमाथि यसरी कुटपिट हुनु प्रेसमाथिकै आक्रमण हो । म मुद्दा दर्ताको तयारीमा छु ।
यस विषयमा हामीले कोटिहोम आयोजक मानव सेवा फाउन्डेसनका सदस्य विपीन थापासँग बुझ्दा उनले आयोजकबाट हातपात नभएको जिकिर गरे । आफूहरंले पचासौं यज्ञ गरेको र उक्त यज्ञहरूमा पत्रकारलाई सबैभन्दा बढी स्पेस दिएको उनले बताए । शनिबारको घटनाबारे उनले आईडी कार्ड नलिई प्रवेश गर्न खोजेपछि सुरक्षागार्डहरंले रोकेको र त्यसक्रममा युट्यूवरहरं आफैंले गालीगलौज गरेको आरोप लगाए ।
उनी भन्छन्, ‘कहाँ कसको के रिसइवी छ, हामीलाई थाहा हुन्न । हमाीले क-कसलाई हेरे सम्भव हुन्छ ? हामी आयोजकबाट कसैलाई केही पनि भएको छैन । त्यसमाथि पत्रकारलाई हाम्रो हरेक कार्यक्रममा ठूलो महत्व दिएका छौं । कसरी हामीबाट त्यस्तो हुन सक्छ ? बरु उहाँहरुले नै आइडी कार्ड नलिइ आएर उल्टै हामीसँग कराउनुभएको थियो ।’
थापाले थपे, ‘यहाँ विभिन्न किसिमका सुरक्षा दिने समूह छन् । जस्तै हिन्दू सेना, विभिन्न स्वयमसेवक संस्था आदि । अब कोसँग उहाँहरुको रिसइवी हो वा के हो र त्यस्तो घटना भएको सुनियो । तर, आयोजकलाई आरोप लगाइयो ।’
Kasko vanda Prince Mishra jo aafeima bibadit student ani naam ko patrakar, usko kura patyaune ra vanya? Ajhei kam vayo eslai.
कृचियण का भक्त ले पिटेको होला हिन्दु धर्म माथी एस्तो निच हर्कत गर्न लाई 🙏🙏🙏
गलत प्रचार गर्ने लाई ठोक्नुनै पर्छ।
धर्मको न महत्त्व न परिभाषासम्म संज्ञानमा छ, बनाई रहेका छन् समूह र स्वार्थ परिपुरक साधन संस्कृति। संकारगत संस्कृति एवं विधि-बिधान र कर्मकाण्डलाई धर्म मान्नेको भीडमा फसेको यो हाम्रो समाज नकारात्मक प्रपंचको रसातलमा भासिएर गईरहेको छ, अझ त्यस कार्यलाई नै महान्ताको कसीमा महत्व प्रदान गरिरहेका छौं।
धर्मको नाममा पराध मेलोमेसो भए छ
यस्ता आधारभुत ज्ञान समेत नभएका केटाहरु पत्रकार बनेपछि यस्तो त हुन्छ नै!
मानव सेवा आश्रमको लागि सहयोग संकलन गर्नैको लागि सो धार्मिक कार्य गरिदैछ भन्ने बुझ्दाबुझ्दै व्यापार गरेको हो भनेर प्रश्न सोध्ने कस्तो पत्रुकार हो!
Patrakarko question ko uttar din kin nasakeko! Yetro paisako pardarsita hunu pardaina?
Religious and Religion is too sencetive issues. Be sencetive and careful. All these matter are fixed accordingly the humans evolution cycles. For changes its takes time with the aware and interest of generation cycle. It’s my views not necessary to follow by other’s.