‘आइएमई पे’ मा पैसा पठाउँदा एक हजार क्यास ब्याक
काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ ले विदेशबाट पठाएको रकम आइएमई पे वालेटमा प्राप्त गर्दा ग्राहकहरुलाई एक हजार रुपैयाँसम्म क्यास ब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत सेवाग्राहीहरुले विदेशबाट ‘आइएमई पे’ वालेटमा पठाएको पैसा ‘आइएमई पे’ एप प्रयोगकर्ताहरूले जुनसुकै समयमा नेपालमा प्राप्त गर्दा रु एक हजार सम्म क्यास ब्याक प्राप्त गर्न सक्नेछन् ।
यथावत रहिरहेको ‘आइएमई गरौँ,करोडपति बनौँ’ योजनालाई थप परिस्कृत गर्दै बम्परमा एक करोड र हरेक महिना एक लाख बाहेक अब हरेक कारोबारमा समेत क्यास ब्याक अफर सार्वजनिक गरिएको छ ।
सेवाग्राहीहरुको उत्साह तथा हितको लागि बेला बेलामा विभिन्न अफर सार्वजनिक गर्दै आएको आइएमई पे ले यस अघिको योजनामा प्रयोगकर्ताहरुको उल्लासमय सहभागिता र ग्राहक वर्गको अनुरोधलाई ध्यानमा राखेर यो योजना सार्वजनिक गरिएको बताइएको छ ।
‘आइएमई पे’ वालेटमा प्राप्त गरेको रकममा ब्याज प्राप्त गर्नुको साथै ग्राहकवर्गले जुनसुकै समयमा घरै बसेर सजिलै घरायसी बिल भुक्तानी गर्न , फ्लाइट टिकट खरिद गर्न , मोबाइल रिचार्ज गर्न साथै सबै प्रकारको बीमा नविकरण तथा थुप्रै सेवाहरुको सहजै भुक्तानी गर्न सक्नेछन् र आफ्नो वालेटमा रहेको रकम आवश्यकता अनुसार बैंक खातामा समेत पठाउन सक्नेछन् ।