सुदूरपश्चिममा मन्त्रालय भागबन्डा टुंगियो, को-को बन्दैछन् मन्त्री ? – Nepal Press

सुदूरपश्चिममा मन्त्रालय भागबन्डा टुंगियो, को-को बन्दैछन् मन्त्री ?

कैलाली । सुदूरपश्चिम प्रदेशमा सत्ता साझेदार दल कांग्रेस र एमाले बीच मन्त्रालयको भागबण्डा टुङ्गो लागेको छ।

मुख्यमन्त्री आर्थिक मामिला मन्त्रालय र सामाजिक विकास मन्त्रालय काङ्ग्रेसको भागमा पर्दा भौतिक पूर्वाधार विकास मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय एमालेको भागमा परेको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय नागरिक उन्मुक्ति पार्टीले पाउने भनेको छ ।

सबै दलहरूले करिब मन्त्रीको टुङ्गो लगाइसकेका छन्। काङ्ग्रेसले मेघराज खड्का बहादुर सिंह थापालाई मन्त्री बनाउने भएको छ भने एमालेले पुरानै तीन मन्त्री दोहोर्‍याउने वा नयाँ थप गर्ने विषयमा छलफल गरिरहेको छ ।

एमालेबाट सुरेन्द्र पाल, वीरबहादुर थापा र हिरा सार्की यस अघि मन्त्री भएका थिए । अहिले यी तिनै जनालाई मन्त्री बनाउने वा अन्य केही थपघट गर्ने भन्ने विषयमा २ बजे संसदीय दलको बैठक निर्णय गर्ने बताएको छ । स्रोतका अनुसार एमालेबाट तीनै जना दोहोरिने सम्भावना छ ।

कांग्रेसले १ बजे दलको बैठकबाट मन्त्रीको निर्णय गर्ने जनाएको छ । नागरिक उन्मुक्ति पार्टीले लक्ष्मण किशोर चौधरीलाई मन्त्री बनाउने तयारी गरेको छ ।

आज ३ बजे मुख्यमन्त्री कमल बहादुर शाहले शपथ गर्दैछन्। त्यसलगत्तै मन्त्रिहरूको पनि शपथ ग्रहण गर्ने जनाइएको छ।

कांग्रेसबाट गीत चौधरी र एमालेबाट निर्मला साउँद राज्यमन्त्री बन्दै छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर