सुदूरपश्चिममा कांग्रेसले टुंग्यायो ४ मन्त्रीको नाम
नेपाल प्रेस
२०८१ साउन २१ गते १३:४७
कैलाली। कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले सरकारमा सहभागी हुनेहरूको नाम टुङ्गो लगाएको छ ।
मेघराज खडकाले सामाजिक विकास मन्त्रीको जिम्मेवारी पाउँदा सरस्वती खडकाले सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी पाउने भएकी छन् ।
बहादुर सिंह थापाले आर्थिक मामिला मन्त्रीको जिम्मेवारी पाउँदा प्रकाश बहादुर बमले आर्थिक मामिला राज्य मन्त्रीको जिम्मेवारी पाउने भएका छन्।
आज ३ बजे मुख्यमन्त्री कमलबहादुर शाहले शपथ लिँदै छन् । त्यसलगत्तै मन्त्रीहरूको पनि शपथको तयारी छ ।
एमालेले पनि दलको बैठकबाट मन्त्रीको नाम टुङ्गो लगाउँदै छ । एमालेबाट पुरानै तीनजना मन्त्री बन्ने सम्भावना छ ।
प्रतिक्रिया