विद्युत प्राधिकरणका दुई सदस्यलाई हटाएकोप्रति माओवादीको आपत्ति (भिडिओ)
नेपाल प्रेस
२०८१ साउन २१ गते १३:५०
काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका दुई सदस्यको बर्खास्त गरेकोप्रति नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै माओवादीका सांसद माधव सापकोटाले नियम उल्लंघन गरेर सदस्यद्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई हटाएको बताए ।
उनले भने, ‘दुई जनालाई सरकारले नियम उल्लंघन गरेर सरकारले बर्खास्त गरेको छ । योप्रति भर्त्सना गर्दै सरकार देशमा अटाेक्रेसी चलाउन खोजिरहेको भन्ने कुराको आशंका व्यक्त गर्छु ।’
डेडिकेटेड र ट्रंकलाइन विवादमा फरक मत राखेपछि सरकारले दुवै जनालाई पदमुक्त गरेको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर