बढ्यो मोबाइल बैकिङ कारोबार शुल्क – Nepal Press

बढ्यो मोबाइल बैकिङ कारोबार शुल्क

काठमाडौ । मोबाइल बैकिङ कारोबार शुल्क बढेको छ । सरकारले डिजिटल भुक्तानीमा पनि मूल्य अभिवृद्धि कर (भ्याट) लगाइदिए पछि बैंकहरुले पनि मोबाइल बैकिङ कारोबारको शुल्क बढाएका छन् । अहिले बैंकहरुले ११.३० रुपैयाँ लिन थालेपछि मोबाइल बैकिङ प्रयोगकर्ताहरु मारमा परेका छन् ।

एउटा बैंकबाट अर्को बैंकमा मोबाइल बैकिङ मार्फत ७ सय ५० रुपैयाँ भुृक्तानी गरेकी जमुना शाहको खाताबाट ११ रुपैयाँ ३० पैसा शुल्क काटिए पछि पूर्व सुचना नै नदिए बैंकहरुले शुल्क बढाएर काट्न थालेको भन्दै गुनासो गरेकी छन् । लक्ष्मी सनराइज बैंक र कुमारी बैंकले पनि शुल्क बढाएर लिएका छन् । अन्य बैंकहरुले पनि शुल्क बढाएर लिन थालेका छन् ।

मोबाइल बैकिङ प्रयोगकर्ताबाट बढी शुल्क लिएको गुनासो बढ्न थालेपछि हामीले नेपाल राष्ट्र बैंकलाई मोबाइल बैकिङ शुल्क बढेको हो भन्ने प्रश्न गरेका छौ । केन्द्रिय बैंकका प्रवक्ता रामु पौडेल सरकारले आर्थिक विधेयक मार्फत डिजिटल भुक्तानीलाई भ्याटको दायरामा ल्याएकाले बैंकहरुले कारोबारमा भ्याट जोड्न सुरु गरेको हुनसक्ने बताए । यद्यपि केन्द्रिय बैंकले शुल्क बढाउँनेबारे कुनै पनि सर्कुलर जारी नगरेको पौडेलले बताए ।

सामान्यतया बैकिङ प्रणालीमा कुनै पनि सेवाको शुल्क निर्धारण गर्दै आएको केन्द्रिय बैंकले सरकारको आर्थिक ऐननै मुख्य भएकाले सर्कुलर जारी गर्नुपर्ने अवस्था नरहेको पौडेलले बताए ।

हाल मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङमार्फत प्रतिदिन क्रमशः र ३ लाख तथा २० लाखसम्म भुक्तानी गर्न सकिन्छ । चालू आर्थिक वर्षदेखि सरकारले भुक्तानी प्रदायक संस्थाबाट वित्तीय कारोबारमा लिएको सेटलमेन्ट शुल्कमा १३ प्रतिशत भ्याट लिन थालेको छ । विगतमा मोबाइल बैंकिङ वा वालेटबाट पेमेन्ट गर्ने ग्राहकले राष्ट्र बैंकले तोकेको सेटलमेन्ट शुल्क १० रुपैयाँ तिर्नुपर्थ्यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर