मिडियाको भूमिकाप्रति राष्ट्रपतिको चासो – Nepal Press

मिडियाको भूमिकाप्रति राष्ट्रपतिको चासो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मिडियाको मर्यादित भूमिकाबाट मात्र आम नागरिकको मर्यादा र सम्मान जोगिने बताएका छन् । त्यसका लागि प्रेस काउन्सिल नेपालको भूमिका अहम् हुने उनले बताए ।

सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा काउन्सिलका पदाधिकारीसँग भेट्दै उनले नयाँ मिडियासहितले ल्याएका चुनौतीलाई सम्बोधन गर्ने गरी काउन्सिलले आफ्ना गतिविधि केन्द्रित गर्नुपर्ने सुझाव दिएका थिए ।

काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतसहितको टोलीले नेपाली मिडियामा देखिएका पछिल्ला प्रवृत्ति, समस्या, नयाँ प्रयोगबारे संक्षिप्त रूपमा अवगत गराएको थियो ।

अध्यक्ष बस्नेतले युट्युबसहित सामाजिक सञ्जालमार्फत चलेका सञ्चारमाध्यमलाई नियमन गर्न काउन्सिलले विभिन्न कार्य गर्दै आएको जानकारी गराए ।

अबको पत्रकारिताको धार समाधानमुखी र रचनात्मक बनाउन विभिन्न संवाद शृङ्खलाहरू काउन्सिलले थालेको उनको भनाइ थियो ।

भेटमा काउन्सिलका तर्फबाट अध्यक्ष बस्नेत, बोर्ड सदस्यहरू दुर्गा भण्डारी पौडेल, लालबाबु शेष, रामप्रसाद दाहाल र मुख्य अधिकृत झबिन्द्र भुसाल थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर