बंगलादेशमा देशभर लुटपाट र हिंसा- हिन्दू मन्दिरमा आक्रमण गरिएको आन्दोलनका अगुवाकै गुनासो
काठमाडौं। सोमबार बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले सत्ता छोडेर भारत गएपछि देशभर लुटपाट र हिंसा भएको छ ।
बङ्गलादेशका स्थानीय तथा भारतीय मिडियाहरूले यसबारेमा उल्लेख गरेका छन् । आरक्षण विरोधी आन्दोलनका अगुवा नेता नाहिद इस्लामले अन्तरिम सरकारको रुपरेखा ढिलो बन्नुमा देशभर भएको हिंसा प्रमुख कारण भएको बताएका छन् ।
बङ्गलादेशको अखबार डेली स्टारले हिन्दू मन्दिरहरूमा जथाभाबी आक्रमण तथा गोलाबारी भएकोले ढिलो भएको नेता चाहिले बताएको समाचार बनाएको छ ।
यस्तै बङ्गलादेशकै अखबार ढाका ट्रिब्यूनले सम्पादकीय लेखेर हिंसा अन्त्य गर्न आग्रह गरेको छ ।
बङ्गलादेशको हिन्दू अल्पसङ्ख्यकहरूमा हिंसा भएको कुरमा अखबारले संकेत गर्दै लेखेको छ, ‘बङ्गलादेशका विभिन्न भागहरूमा अल्पसङ्ख्यकहरूमा भएका आक्रमणहरू झनै चिन्ताजनक छन् । यी रोकिनुपर्छ ।’
भारतीय अखबारहरूले हिन्दू मन्दिर तथा अगुवाहरूको मृत्यु भएको खबर सार्वजनिक गरेका छन् ।
भारतीय डिजिटल अखबार दि प्रिन्टले बंगलादेशका इस्कन तथा काली मन्दिरमा आगजनी गरिएको तथा रंगपुरका हिन्दू आस्थावान काउन्सिलर हरधन रोय मारिएको तथा धेरै हिन्दूका घरहरू जलाइएको लेखेको छ ।
यस्तै भारतकै च्यानल न्यूज १८ ले हसिनाको दल अवामी लिगका दुई हिन्दू नेता मारिएको उल्लेख गरेको छ । भारतीय अखबार फ्रर्स्ट पोस्टले हिन्दू मन्दिरदेखि अगुवाहरूलाई आक्रमण गरिएको लेखेको छ ।