काठमाडाैंकाे होस्टेलमा महानगरले अनुगमन गर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाको अनुगमन समितिले करिब ४० हजार विद्यार्थी होस्टेलमा अनुगमन गर्ने भएको छ । समितिले होस्टेल संचालकहरुलाई स्वच्छ, सफा, सुरक्षित र सामाजिक मर्यादाको पूर्ण परिपालना गरेर होस्टेल संचालन गर्न अनुरोध गरेको छ ।
सोमबार समितिका संयोजक एवं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले, छात्राबासमा अवाञ्छित क्रियाकलाप हुने गरेको भन्ने गुनासो संवेदनशील रहेको विषयमा छलफल गर्दै मापदण्ड पालनामा प्रतिवद्ध हुन आग्रह गरेको हो ।
त्यसक्रममा उपप्रमुख डंगोलले भनिन्,‘होस्टेलको अवस्था, सेवा सम्बन्धी व्यवस्थासँगै होस्टेलमा बस्ने छात्राछात्र तथा अन्यको होस्टेलमा बसेको हो, व्यवस्थित सूचना अभिलेखनबाट व्यवस्थापनको काम थालनी हुनेछ ।’ समूह विभाजन गरेर अनुगमन गर्न उनले बताइन् । उनले होस्टेल संघको तथ्यांक उधृत गर्दै भनिन्, ‘उहाँहरु ४० हजार विद्यार्थी होस्टेलमा बसेको भनिरहनु भएको छ । यत्रो ठूलो संख्यामा मानिस बसोबास गर्ने ठाउँको अवस्था र वितरण हुने सुविधाको निगरानी अनिवार्य भएको छ।’
‘चार जना बस्न मिल्ने कोठामा २० औँ जनालाई राखिएको छ। आवासीय भवनलाई व्यावसायिक बनाइएको छ । यसले जोखिम सिर्जना गरेको छ । छलफलमा वडा नं। १० का सदस्य सतिश तण्डुकारले भने, ‘रातको १० बजेपछि पनि होस्टलमा आवागमन भइरहन्छ । त्यसपछि को आउँछ, को जान्छरु किन आउँछ, किन जान्छरु थाहा हुँदैन ।’
छलफलमा वडा नं। २९ का सदस्य अनिल श्रेष्ठले भने, ‘होस्टेल विक्री गर्ने रोग थियो, यो महारोग भइसक्यो । घर लिने, निःशुल्क विद्यार्थी भर्ना गर्ने, त्यही संख्या देखाएर महङ्गोमा विक्री गर्ने भएपछि विकृति भयो ।’शिक्षा अधिकारी गोविन्दप्रसाद शर्मा, विद्यार्थीहरुको हित जान्नका लागि भए पनि अनुगमन गर्नुपर्ने अवस्था आएको बताउछन्।
छात्राबास ९होस्टेल० लाई व्यवस्थित, मर्यादित, सुरक्षित र पारदर्शी बनाउन तथा छात्राबासमा बस्ने विद्यार्थीहरु र संचालकको अधिकतम हित गराउन छात्राबास संचालन सम्बन्धी मापदण्ड २०८० जारी गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (२) को खण्ड (ज) र दफा १०२ को (२) लाई आधार मानेर काठमाडौं महानगरपालिका प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन २०७५ ले दिएको अधिकार प्रयोग गरेर मापदण्ड जारी गरिएको हो ।
मापदण्डबमोजिम महानगरपालिकाभित्र छात्राबास (होस्टेल) सञ्चालन गर्न कार्ययोजना, प्रतिवद्धतासहितको निवेदन, वडाको शिफारिस, छात्राबास राख्ने भवनको नक्सा र नक्सा पास प्रमाण पत्र, निर्माण सम्पन्न प्रमाण पत्रसहित कागजातसहित दर्ता प्रक्रियाका जानुपर्छ । आफ्नै घरमा आफैँले सञ्चालन गरेको जग्गाको लालपूर्जा र भाडामा भवन लिएको भए सम्झौताको प्रतिलिपि बुझाउनुपर्छ । स्थलगत अनुगमन तथा वस्तुस्थितिको जाँचपछि महानगरपालिकाको शिक्षा विभागले सञ्चालन अनुमति दिनेछ ।