राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री ओली सहभागी – Nepal Press

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री ओली सहभागी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसदीय समितिको बैठकमा सहभागी भएका छन् ।

संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबार जारी बैठकमा पहिलो पटक उनी सहभागी भएका हुन् ।

आजको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

यसअघि साउन १६ गते शान्ति सुरक्षा र कारागार व्यवस्थापनसम्बन्धी समितिको बैठकमा पनि प्रधानमन्त्री ओलीलाई बोलाइएको थियो । तर, प्रधानमन्त्री ओलीले आफू आउन नसक्ने जानकारी गराउँदै समितिको बैठकमा गृहमन्त्री रमेश लेखकलाई पठाएका थिए ।


प्रतिक्रिया

One thought on “राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री ओली सहभागी

  1. लाज नभएको यो समितिले निजामति विधेयक रोकेको वर्षौं भयो । अरू कुरा गर्न लाज पनि रहेनछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर