भ्रष्टाचार गर्नेलाई अनुहार हेरेर क्षमा दिइँदैन : प्रधानमन्त्री ओली (भिडिओ) – Nepal Press

भ्रष्टाचार गर्नेलाई अनुहार हेरेर क्षमा दिइँदैन : प्रधानमन्त्री ओली (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारको अन्त्य गर्ने कुरामा सरकारको प्रतिवद्ध रहेको बताएका छन् । राज्य व्यवस्था समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै भ्रष्टाचारको विषयमा सरकारले कुनै कम्प्रमाइज नगर्ने प्रष्ट्याए ।

आजको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

उनले भने, ‘भ्रष्टाचारमा कसैको अनुहार हेरेर सरकारले क्षमा गर्ने काम गर्दैन । अहिलेको सरकार प्रतिशोधका लागि होइन । अर्थतन्त्र र समाजको सुधार ल्याउनको लागि हो । यसले कसैप्रति आग्रह पूर्वाग्रह राखेर कसैलाई दु:ख दिँदैन । त्यो मनसाय छैन । कसैले भ्रष्टाचार गर्‍यो भने कोही उम्किन पाइँदैन ।’

उनले कानूनको नजरमा सबैको बराबरी हुने बताए ।


प्रतिक्रिया

2 thoughts on “भ्रष्टाचार गर्नेलाई अनुहार हेरेर क्षमा दिइँदैन : प्रधानमन्त्री ओली (भिडिओ)

  1. आफ्नो र आर्काको गरे माधव प्रचण्ड झै कुहिएर नासिने हो कामरेड तपाईंको कसैलाई साच्नु छैन जनताले इतिहासमा सम्झने गरि सुशासन शान्ति अमनचयन आर्थिक विकास गर्दै जनतालाई रोजगारीको अवसर दिने गरी जनता खुसि बनाउने काम गरि भ्रष्टाचारमा निर्मम बन्नोस् शुभकामना हामी नेपाली र मेरो ।

  2. के बोलेका हुन यी महानुभवले? अनुहार नहेरेर के पार्टी र नाता दाता हेरने? बालुवाटार जग्गा काण्डमा जग्गा उपलब्ध गरेका ब्यक्तिले पछि धाँधली गरेको खुलेपछी उक्त जग्गा फर्काउदैमा निर्दोष ठहर हुन्छ? के त्यँहा अनुहार हेरिएन? भाटभाटेनी स्टोरमा किनेको सामान त फर्काउन आनाकानी गर्छन भने यो त ठुलै मुद्दा परो| अर्का तिर ७० करोड प्रिन्टिङ प्रेस घुस मुद्दामा को छन सबैले थाहा पाएकै छन| तो बेला ती मन्त्री बालकोट दरवारमै बस्थे| के त्यँहा अनुहार फेरियो? एमालेका सचिव अहिले भुटानी काण्डमा जेलमा छन| के त्यँहा अनुहार वदलिएको हो वा माओवादीबाट सरेर आएका हुन भनेर छाडियो?
    प्रधानमन्त्री जस्तो पदमा रहेका ब्यक्तिले बारम्बार भाका फेरीफेरी बोलेर नेपाली जनतालाई यसरी गुमराहमा पार्नु र भ्रम छर्नु भएन|
    धरहरा खुलाउनु अहिलेको बिकास होइन र आवश्यकता र प्राथमिकता पनि होइन| न्युरोड र वरपर ट्राफिक जाम गराएर बालेनलाई दोष थुपार्न खोज्नुभएको हो भने तो ठीक भएन| धरहराको पार्किङमा प्रधानमन्त्रीले हात नहाल्नुहोला| प्याट्ट थिचेर ग्यास आउने र बील तिरनेतिर ध्यान दिनुपरो|

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर