सिमलताल दुर्घटनाका बेपत्ताको शव नभेटिएपनि बीमा रकम दिइने
नेपाल प्रेस
२०८१ साउन २२ गते १५:५६
काठमाडौं । चितवनको सिमलताल दुर्घटनामा बेपत्ता भएका व्यक्तको शव नभेटिएपनि बीमा रकम उपलब्ध हुने भएको छ ।
अध्ययन समितिका संयोजक छवि रिजालले बीमा रकमका लागि पोस्टमार्टमको रिपोर्ट आवश्यक पर्ने भएपनि सिमलताल दुर्घटनाका बेपत्ताको हकमा सरकारले सहजीकरण गर्नुपर्ने सुझाव दिइएको बताए ।
‘सरोकारवाला पक्षहरु सकारात्मक हुनुहुन्छ । बेपत्ता सवारीका हकमा पनि बीमा रकम उपलब्ध हुने छ’, सहसचिव रिजालले भने । यात्रुको दुर्घटना बीमा ५ लाख रुपैयाँको हुने गरेको छ । समितिले सिमलताल दुर्घटनामा अझै ४० जना बेपत्ता रहेको जनाएको छ ।
२५ जनाको शव भेटिएको र तीमध्ये १९ जनाको सनाखत भएको रिजालले बताए ।
प्रतिक्रिया