हत्या अभियोगमा २० वर्ष कैद फैसला तोकिएका अभियुक्त १७ वर्षपछि पक्राउ
जनकपुरधाम । सर्लाहीमा हत्या अभियोगमा अदालतबाट २० वर्ष कैद सजाय तोकिाएका एक फरार अभियुक्त १७ वर्षपछि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बलरा नगरपालिका ९ का ६५ वर्षीय रामज्ञा राय यादव छन् । १७ वर्ष अगाडी यादवले सोही नगरपालिका १० का रामबली सिंहलाई घाटीमा धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोप लागेको थियो ।
प्रहरीका अनुसार लेनदेन विवादमा यादवले सिंहको हत्या गरेका थिए । प्रहरीले उनीमाथि चलाएको कर्तव्य ज्यान मुद्दामा सर्लाही जिल्ला अदालतले २० वर्ष कैद सजायको फैसला सुनाएको थियो ।
अदालतले सजाय सुनाएपछि १७ वर्षसम्म लुकिछिपी बस्दै आएका यादवलाई फरार प्रतिबादी पक्राउ अभियान अन्तर्गत पक्राउ गरेको सर्लाही प्रहरीले जनाएको छ ।