जिउधनको सुरक्षाको माग गर्दै अनिश्चितकालीन हड्तालमा उत्रिए बंगलादेशी प्रहरी
काठमाडौं । देश अशान्त रहेकै बेला बंगलादेशमा प्रहरीहरुले अनिश्चितकालीन हड्ताल गरेका छन् । मंगलबारबाट प्रहरीहरु हड्तालमा उत्रिएका हुन् । आफ्नो जिउधनको असुरक्षा भएको भन्दै प्रहरीहरुले हड्ताल गरेको बंगलादेशको अखबार ढाका ट्रिब्युनले उल्लेख गरेको छ ।
अखबारका अनुसार बंगलादेशको प्रहरीहरुको तल्ला कर्मचारीहरुको संगठनले यस्तो हड्ताल घोषणा गरेको हो । देशभरका ४५० प्रहरी पोस्ट जलाइएको, धेरै स्थानमा एम्बुस राखेर ज्यान लिइएको तथा प्रहरीलाई शेख हसिनाले देश छोडेपछि पहिलो प्रहार हुन थालेको भन्दै प्रहरी कर्मचारीहरुको संगठनले गुनासो गरेको छ ।
प्रहरीले दमन गरेको नभएर सरकारले दिएको आदेश पालनामात्रै गरेको संगठनले बताएको छ । ढाका ट्रिब्युनसँग बोलेका एक प्रहरीले भनेका छन्, ‘केही प्रहरी अधिकृतहरुले जनतामाथि घात गरेका छन्, यो सत्य हो । यो संगठनका सबै सदस्यहरुमा लागू हुँदैन ।’
Keep up the fantastic work!