अवरुद्ध नगरकोट सडक सञ्चालन
नेपाल प्रेस
२०८१ साउन २३ गते ९:१७
भक्तपुर । लगातारको वर्षापछि खसेको पहिरोले मङ्गलवार अवरुद्ध भएको भक्तपुर–नगरकोट सडक केहीबेर अघिदेखि सञ्चालन भएको छ ।
चाँगुनारायण–६ मुहान पोखरी नजिक खसेको पहिरो पन्छाएपछि बाटो खुलेको हो ।
चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले भने, ‘अहिले पहिरो पन्छाएर सडक खुलाइएको भए पनि यो सडकखण्डमा पहिरोको जोखिम कायमै छ ।’
उनले पहिरोको जोखिममा सडक परेको भन्दै हालैको भीषण वर्षाका कारण चाँगुनारायण क्षेत्रका धेरै घर जोखिममा परेका र सडकमा पहिरो खस्ने, भासिने घटना बढिरहेका बताए ।
प्रतिक्रिया