हसिना देशमै बस्न चाहन्थिन्, हत्या हुने भएर छोडिन् : छोरा सजिब
नेपाल प्रेस
२०८१ साउन २३ गते १२:०८
काठमाडौँ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छोड्नुमा आफ्नो भन्दा परिवारको निर्णय हाबी भएको छोरा सजिब वाजेज रोयले बताएका छन् ।
जर्मनीको विश्व च्यानल डिडब्लूसँग बोल्दै उनले यस्तो बताएको बंगलादेशको अखबार डेली स्टारले उल्लेख गरेको छ ।
आमा हसिनाको सोच देश छोड्ने नभएको भन्दै छोरा सजिबले भनेका छन्, ‘उहाँले देश छोड्नु परेकोमा भन्दा छोड्न मन नगरेकोमा चै म चिन्तित थिएँ । हामीले उहाँलाई सम्झाउनु परेको थियो ।’
शेख हसिना एक्लै नभएको भन्दै सजिबले आफ्नी बहिनी आमासँगै भएको बताएका छन् । यद्यपि, अबको यात्रा कता भन्नेमा कुनै निचोड नभएको पनि सजिबले बताएका छन् ।
प्रतिक्रिया