त्रिवेणी मोटोकर्पले भित्र्यायो कामा ब्रान्डका विद्युतीय गाडीको बिक्री सुरु – Nepal Press

त्रिवेणी मोटोकर्पले भित्र्यायो कामा ब्रान्डका विद्युतीय गाडीको बिक्री सुरु

काठमाडौं । त्रिवेणी मोटोकर्प प्रालीले कामा ब्राण्डको विद्युतीय ११ र १४ सिट क्षमताका भ्यान तथा माइक्रोबसको पनि विक्री वितरण सुरु गरेको छ ।

कमर्सियल र प्यासेन्जर दुवै प्रयोजनमा प्रयोग हुने इलेक्ट्रिक भ्यानको माग नेपालमा बढ्न थालेपछि त्रिवेणी ग्रुप अन्तर्गत त्रिवेणी मोटोकर्पले, चीनको स्याङडो कामा अटोमोबाइल कम्पनी लिमिटेडबाट आधिकारिक वितरक हो ।

स्याङडो कामा अटोमोबाईल कम्पनी लिमिटेड चाइनाको ठूला कमर्सियल र प्यासेन्जर गाडी निर्माता मध्येका एक रहेको छ । सो कम्पनीका उत्पादनहरू विश्वका ६० देशहरूमा वितरण हुँदै आएको छ ।

हाल त्रिवेणी मोटोकर्पले सो कम्पनीका ११ सिट र १४ सिटको कामा इलेक्ट्रिक प्यासेन्जर र १.५ टन क्षमता भएको पीक अप भ्यानको बिक्री वितरण सुरु गरेको छ ।

११ र १४ सिट क्षमताको माइक्रोमा क्रमशः ३५ र ७० किलोवाट क्षमताको मोटर रहेको छ । भने, ४२ किलोवाट आवरको लिथियम आयन ब्याट्रीले एक फुल चार्जमा २८० किमी रेञ्ज दिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर