भारतीय कुस्तीबाज फोगट ओलम्पिक फाइनल खेल्न अयोग्य, कुनै पदक नपाउने – Nepal Press

भारतीय कुस्तीबाज फोगट ओलम्पिक फाइनल खेल्न अयोग्य, कुनै पदक नपाउने

काठमाडौं । पेरिस ओलम्पिकको महिला कुस्तीमा फाइनल पुगेर इतिहास बनाएकी भारतीय खेलाडी भिनेस फोगटले आफूभन्दा कम तौलमा प्रतिस्पर्धा गरेको पुष्टि भएको छ ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले फोगटले फाइनलमा प्रतिस्पर्धा गर्न नपाउने र उनलाई कुनै पनि पदक नदिने जनाएको छ । फोगटले ५० केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन् । हरियानाकी २९ वर्षीया फोगट अधिकतम मापदण्डभन्दा १०० ग्राम बढी भएको पाइएको छ ।

फोगटले ओलम्पिक कुस्तीमा फाइनल पुग्ने पहिलो भारतीय महिला खेलाडीका रुपमा कीर्तिमान बनाएकी थिइन् ।

उनले फाइनल पुग्ने क्रममा साविक विजेता तथा विश्व नम्बर एक जापानी खेलाडीसहितलाई हराएकी थिइन् । स्वर्णका लागि उनले अमेरिकी खेलाडीसँग प्रतिस्पर्धा गर्नुपर्ने थियो ।

भारतीय सञ्चारमाध्यमका अनुसार फोगट मंगलबार ५० केजीकी थिइन्, तर साँझसम्म उनको २ केजी तौल बढेको पाइएको थियो । त्यसपछि फोगटले रातभर नसुती तौल घटाउने प्रयास गरेकी थिइन् । त्यसका लागि उनले जगिङ, स्किपिङ र साइक्लिङ गरेकी थिइन् ।

नियमअनुसार प्रिलिमिनरी राउन्ड हुने बिहान र फाइनल हुने बिहान खेलाडीले आफ्नो तौल देखाउनुपर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर