कांग्रेस केन्द्रीय समिति बैठक: शंकर भण्डारीले उठाए हिन्दू राष्ट्र स्थापनाको एजेण्डा – Nepal Press

कांग्रेस केन्द्रीय समिति बैठक: शंकर भण्डारीले उठाए हिन्दू राष्ट्र स्थापनाको एजेण्डा

काठमाडौं । नेपाली कांग्रेसको आज सुरु भएको केन्द्रीय कार्य समिति बैठकमा हिन्दूवादी केन्द्रीय सदस्य शंकर भण्डारीले हिन्दू राष्ट्र स्थापनाको एजेण्डा उठान गरेका छन् ।

केन्द्रीय सदस्य भण्डारीले बहुमत महासमितिले सदस्यहरुले हस्ताक्षर गरी महासमिति बैठकमा पेस गरिएको वैदिक सनातन हिन्दू राष्ट्र स्थापनाको एजेण्डालाई पार्टीको बैठकमा एजेण्डाका रुपमा पेश गरिनुपर्ने धारणा राखे ।

‘वैदिक सनातन हिन्दू राष्ट्र स्थापनाको विषयलाई पार्टीभित्र सामान्य हिसाबले हेरिएको यो विषयलाई गम्भीरताका साथ हेरिनुपर्छ’, उनले भने ।

बंगलादेशमा भएको पछिल्लो राजनीतिक घटनाक्रममा हिन्दूवादीहरुमाथि भएको हत्याहिंसाका घटनाको कांग्रेसले विरोध गर्नुपर्ने उनको भनाइ छ ।

यसअघि मंगलबार राजधानीमा भण्डारीसहित कांग्रेसका १४ जना केन्द्रीय सदस्यको बैठक बसी वैदिक सनातन हिन्दू राष्ट्र स्थापनाको विषयलाई पार्टीको बैठकमा एजेण्डाका रुपमा प्रस्तुत गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।


प्रतिक्रिया

One thought on “कांग्रेस केन्द्रीय समिति बैठक: शंकर भण्डारीले उठाए हिन्दू राष्ट्र स्थापनाको एजेण्डा

  1. बिकास स्मृद्धीको कुरा उठाउनु नि !किन झगडाको बीउ रोप्न खोज्या होला!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर