नेपालमा चलिरहेका ७०० होण्डा कारमा एयरब्याग परिवर्तन आवश्यक – Nepal Press

नेपालमा चलिरहेका ७०० होण्डा कारमा एयरब्याग परिवर्तन आवश्यक

काठमाडौं । अहिले नेपालमा चलिरहेका ७०० होण्डा कारमा एयरब्याग परिवर्तन गर्न आवश्यक रहेको कम्पनीले जनाएको छ ।

ग्राहकहरूको सुरक्षालाई ध्यानमा राख्दै, नेपालमा होन्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले होन्डाका निश्चित मोडलहरूमा एयरब्यागहरू परिवर्तन गर्ने योजना बनाएको जनाएको छ ।

सन् २००१ र २०१४ को बीचमा नेपालमा बिक्री भएका सिटी, सिभिक, सीआरभी, ज्याज, इनसाइट, स्ट्रिम र एकर्ड कारहरूको टकाटा एयरब्यागहरू फिर्ता गरिने छ ।

यी मोडलहरूमा एयरब्यागहरू निःशुल्क परिवर्तन गरिने होन्डा कारका सर्भिस म्यानेजर बिनम श्रेष्ठले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *