बंगलाखदेशी प्रधानमन्त्रीको रूपमा शपथ लिने अघिल्लो दिन श्रम मुद्दाबाट सफाइ पाए युनुसले
काठमाडौं । बिहीबार बंगलादेशको प्रधानमन्त्रीको रूपमा शपथ लिने तयारी गरेका महोमद युनुसले हिजो (बुधवार) आफ्नो सजायबाट सफाइ पाएका छन् ।
बंगलादेशी अखबार प्रोथोम आलोका अनुसार बंगलादेशको श्रम अदालतले उनलाई दोषी करार गरेर गत जनवरी १ मा चार महिने सजाय सुनाएको थियो । त्यही सजायको डरलदे युनुस यूरोप भासिएका थिए ।
विदेशमै हुँदा अन्तरिम सरकारका प्रधानमन्त्री घोषित भएका युनुसले बिहीबार प्रधानमन्त्री बनेर शपथ खाने तयारी भएपछि बुधवारले उनको नाममा सफाइका आदेश ढाको श्रम अदालतले दिएको छ ।
गत जुलाई १५ बाट चर्किएको कोटा आन्दोलनमा पनि अदालतकै कारण थियो । जुन ५ मा बंगलादेशी अदालतले सन २०१८ अक्टोबरमा आन्दोलन पछि खारेज भएको आरक्षण खारेजी गैरकानूनी फैसला भएको सुनाएको थियो ।
त्यसकै प्रतिक्रियामा विद्यार्थी आन्दोलनमा आएका थिए । सर्वोच्च अदालतले जुलाई २१ मा फैसला खारेज गरेर आन्दोलन केहि शान्त भएको थियो । तर आन्दोलनले कोटा मुद्दा भन्दा पर गएर हसिनाको राजीनामा मागेपछि अरू घटनाहरू घटेका हुन् । त्यसकै फलस्वरुप गत सोमबार हसिनाले सैनिक जहाजमा चढेर भारतमा शरण लिनु परेको थियो ।