विवाद बीच ३ उद्योगले तिरे विद्युत बक्यौता – Nepal Press

विवाद बीच ३ उद्योगले तिरे विद्युत बक्यौता

काठमाडौं । डेडिकेटेड र ट्रंकलाइनको विवादबीच ३ वटा उद्योगले बक्यौता तिरेका छन् । यसोदा फुड्स, सोना प्याकेजिङ र सोना पोलिमर्सले बक्यौता तिरेका हुन् ।

विद्युत प्राधिकरणका अनुसार यसोदा फुड्सले ३ लाख ४० हजार, सोना प्याकेजिङले २ लाख ८४ हजार र सोना पोलिमर्सले २ लाख ७७ हजार रूपैयाँ तिरेका छन् । २०७२ देखि २०७५ सम्मको बक्यौतामा २५ प्रतिशत जरिवानासहित उद्योगले तिरेका हुन् ।

२०७२ माघदेखि २०७५ वैशाखसम्म ६१ वटा उद्योगले डेडिकेटेड र ट्रंकलाइनको ६ अर्ब ६० करोड बक्यौता रहेको प्राधिकरणले जनाएको छ । उक्त रकम जरिवानासहित करिब साढे ८ अर्ब पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर