कस्तो छ बंगलादेशसँग नेपालको व्यापारिक अवस्था ? – Nepal Press

कस्तो छ बंगलादेशसँग नेपालको व्यापारिक अवस्था ?

काठमाडौं । बंगलादेशका विद्यार्थी आन्दोलनले शेख हसिनाको सरकार ढालिदिएपछि बंगलादेश अहिले विश्वको नजरमा परेको छ । हसिना देश छोडेर भागेपछि बंगलादेश अस्थिर र अशान्त छ । बंगलादेश र नेपालमा हुने आयात निर्यातको अवस्था कस्तो छ भन्नेबारे जानकारी दिन खोजेका छौं ।

नेपालले बंगलादेशबाट अत्यन्त कम मात्र मालवस्तु ल्याउने गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ । गत वर्ष जम्मा ४ अर्ब २२ करोड ५६ लाख रुपैयाँ बराबरको मात्र मालवस्तु आयात भएको देखिन्छ । यस अवधिमा नोपलबाट ५५ करोड ४६ लाख ४८ हजार रुपैयाँ बराबरको निर्यात भएको देखिन्छ ।

आयात र निर्यातलाई आधार मान्ने हो भने नेपालको बंगलादेशसँग ३ अर्ब ६७ करोड रुपैयाँ व्यापार घाटामा छ । बंगलादेशबाट विविध पशुपन्छी, आलु, स्ट्रेप्सील, टोस्डेट ब्रेड, क्रिप्स, कच्चा जुट, सर्जिकल उपचार सामाग्री, केही औषधि र जुस जस्ता समानहरु नेपाल आयात हुन्छन् ।

तर नेपालबाट भने मोलासिस, मुसुरोको दाल, उपचार सामाग्री खयर जस्ता सामानहरु निर्यात हुन्छन् ।

बंगलादेशबाट अघिल्लो वर्ष (२०७९/८०) ६ अर्ब बढीको सामान आयात भएको थियो भने नेपालबाट ५७ करोड ४० लाख रुपैयाँको मालवस्तु निर्यात भएको थियो । यो अवधिमा ५ अर्ब ४७ करोड रुपैयाँ व्यापार घाटा थियो ।

नेपाल र बंगलादेशको विद्युत व्यापार पनि सुरु गर्न लागिएको थियो । बंगलादेश सरकारले २९ जेठमा नेपालबाट ४० मेगावाट विद्युत् किन्ने निर्णय गरेको थियो । यसका लागि यही साउनमा सम्झौता हुने तयारी थियो । तर राजनीतिक हिंसाले यो सम्झौता के हुने भन्ने प्रश्न उब्जिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर