उतारचढावबीच थोरै अंकले बढ्यो नेप्से, ६ कम्पनीको शेयरमा सर्किट
नेपाल प्रेस
२०८१ साउन २४ गते १५:२५
काठमाडौं । बिहीबार नेप्से ६.७० विन्दुले बढेर २७६६.३८ अंकमा रोकिएको छ । आज २० अर्ब ७ करोड रूपैयाँभन्दा बढीको कारोबार भयो ।
कर्णाली डेभलपमेन्ट बैंक, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, मिड सोलु हाइड्रोपावर र सोनापुर मिनरल्स एण्डा आयल लिमिटेडको शेयर सर्किट लेभलमा पुग्यो । बिहीबार उतारचढाव देखिए पनि अन्तत: बजार बढेरै बन्द भएको हो ।
आज यस दिन ३२२ कम्पनीको ५ करोड ९ लाखभन्दा बढी कित्ता शेयर किनबेच भयो । १ अर्ब २० करोड रूपैयाँभन्दा बढी कारोबारसहित शिवम् सिमेन्ट्स सबैभन्दा अगाडि देखियो ।
प्रतिक्रिया