कांग्रेस बैठकमा उठ्यो निर्वाचन प्रणाली सुधार्न संविधान संशोधनको कुरा
नेपाल प्रेस
२०८१ साउन २४ गते १७:३९
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पनि संविधान संशोधनको विषयले प्रवेश पाएको छ ।
बुधबारबाट जारी बैठकमा निर्वाचन प्रणाली परिवर्तन गर्नको लागि संविधान संशोधन गर्नुपर्ने कुरा केन्द्रीय सदस्य गुरु बरालले राखेका हुन् ।
निर्वाचन महंगो भएकाले इमान्दार नेता कार्यकर्ताले चुनाव लड्न नसक्ने स्थिति रहेको बताए । निर्वाचनमा हुने अपारदर्शी गतिविधि अन्त्य गर्नको लागि संविधान संशोधन गर्नुपर्ने उनको भनाइ छ ।
साना दलहरुको कारणले राजनीतिक अस्थिरता बढेको निष्कर्षसहित कांग्रेस र एमाले मिलेर संविधान संशोधनको मुद्दा अघि सारेर सरकार बनाएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर