नेपाल बैंक र प्रहरी प्रधान कार्यालय कल्याण महाशाखाबीच सम्झौता
काठमाडौं । नेपाल बैंक लिमिटेड र नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाबीच बैंकिंङ कारोबार गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
मंगलबार दिन प्रहरी प्रधान कार्यालयमा भएको सम्झौतामा नेपाल बैंक लिमिटेडका प्रमूख वित्त अधिकृत प्रकाश कूमार अधिकारी र नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक रेवती ढकालले हस्ताक्षर गरेका थिए ।
सो सम्झौता बमोजिम नेपाल प्रहरी अन्तर्गतका विद्यालयहरुमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले सहूलियत सहितको बिभिन्न सूविधा रहने तलबी खाता खोली बैंक नियमानूसार बिनाधितो कर्जा तथा अन्य बैकिंङ सूविधा पाउने बैंकका प्रवक्ता होम बहादुर खड्काले जानकारी दिएका छन् ।