आठ महिना अगावै अमेरिकाले बंगलादेशमा आन्दोलन उक्साउने सूचना दिएको थियो रुसले – Nepal Press

आठ महिना अगावै अमेरिकाले बंगलादेशमा आन्दोलन उक्साउने सूचना दिएको थियो रुसले

काठमाडौं । बंगलादेशमा आठ महिना अगावै रुसले भनेको थियो- अमेरिकाले चुनावपछि बंगलादेशमा अरबमा जस्तै आन्दोलन चर्काउनेछ । यो खबर बंगलादेशी समाचारहरूमा आएका थिए ।

बंगलादेशको ढका ट्रिब्यूनले पनि यो खबर सार्वजनिक गरेको थियो । जनवरी ७ को चुनावपछि यस्तो आन्दोलनको तयारी हुने रुसले सूचना दिएको थियो । यो सूचना रुसको विदेश मन्त्रालयकी प्रवक्ता जाखारोभाले भनेकी थिइन् ।

उनले सूचनामा भनेकी थिइन्, ‘यदि अमेरिकालाई चित्त बुझाइन भने अरबमा जस्तै बंगलादेशमा आन्दोलन छेड्ने सम्भावना छ ।’

डिसेम्बर १२ र १३ मा बंगलादेशी विपक्षी दलका नेता कार्यकर्ताहरुले सडक बन्द गरेको तथा आगजनी गरेको अनि त्यही समयमा बंगलादेशमा रहेका अमेरिकी राजदूत पी हासको अस्वाभाविक सक्रियतालाई देखाउँदै रुसले यस्तो सूचना दिएको हो ।

अन्ततः रुसले दिएको सूचना मिलेको छ । र बंगलादेशमा अरबमा जस्तै आन्दोलन भएर शहिनाले देश छोड्नु परेर भारतमा शरण लिन जानु परेको छ ।

अहिले भारतीय मिडियाहरूले पनि बंगलादेशको आन्दोलनमा अमेरिका तथा युरोपेली हात भएको खुलेर भन्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर