३ महिनामा प्रधानमन्त्री कार्यालयबाट ३ सचिवसहित ४३ जना सरुवा हुदाँ १८ जना भित्रिए
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गत ३ महिनाको अवधिमा ३ सचिव सहित ४३ जना कर्मचारी सरुवा हुदाँ एक सचिव सहित १८ जना कर्मचारी भित्रिएका छन् ।
कार्यालयका अनुसार गत बैशाखदेखि असार मसान्तसम्म ३ महिनाको अवधिमा प्रधानमन्त्री कार्यालयबाट सचिव दिनेश भट्टराई, अर्जुनप्रसाद पोखरेल र गणेशप्रसाद पाण्डेको सरुवा भएको हो भने सचिव कृष्णहरी पुस्कर अन्य निकायबाट प्रधानमन्त्री कार्यालयमा सरुवा भएर आएका हुन् ।
यस्तै यस्तै अवधिमा प्रधानमन्त्री कार्यालयबाट सहसचिव लोकनाथ पौडेल, संगीता ओझा, रेखा दास, नारायणप्रसाद भट्ट, विपिन आचार्य, नवराज ढुंगाना, कमलप्रसाद भट्टराई, ज्ञानहरी घिमिरे र निर्मला अधिकारी (कानून)सहित ९ जना सहसचिव पनि प्रधानमन्त्री कार्यालयबाट सरुवा भएर बाहिरिएका छन् ।
जसमा सहसचिव लोकनाथ पौडेल भने मधेश प्रदेशको प्रमुख सचिवमा पदस्थापन भइसकेका छन् । सहसचिव प्रेमप्रसाद आचार्य, विनोद लामिछाने, रमेश शमां (प्राविधिक), यज्ञप्रसाद भट्टराई (कानून) गरेर ४ जना भने अन्य निकायबाट प्रधानमन्त्री कार्यालयमा भित्रिएका छन् ।
यस्तै सुरेशराज जोशी, विष्णुकुमारी भुसाल, कानूनतर्फका उपसचिव रेशमराज सिग्देल, मदन शिवाकोटी प्रधानमन्त्री कार्यालयबाट बाहिरिएका छन् भने उपसचिव इशवरीप्रसाद ढकाल, सन्तोष पौडेल, रन्तमणि भट्टराई, बैकुण्ठप्रसाद सापकोटा, प्रेमप्रसाद देवकोटा, कानूनतर्फका उपसचिव राजेन्द्रकुमार लम्साल, टंकबहादुर महत र प्राविधिकतर्फका उपसचिव मोहदत्त भट्ट भित्रिएका छन् ।
कार्यालयका अनुसार १९ जना शाखा अधिकृत, ६ जना नायव सुब्बा र २ जना खरिदार प्रधानमन्त्री कार्यालयबाट अन्यत्र सुरुवा हुदाँ ३ जना शाखा अधिकृत र २ जना नायव सुब्बा प्रधानमन्त्री कार्यालयमा भित्रिएका छन् ।