प्राधिकरणले पठाएको एक ट्रक कागज के हो ? यसो भन्छन् कुलमान (भिडिओ) – Nepal Press

प्राधिकरणले पठाएको एक ट्रक कागज के हो ? यसो भन्छन् कुलमान (भिडिओ)

काठमाडौं । विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन विवादसँग सम्बन्धित एक ट्रक कागजपत्र हिजो सार्वजनिक लेखा समितिलाई पठाइदियो । लेखा समितिले टिओडी डेटाको विवरण मागेकोमा असम्बन्धित कागजहरु पठाइएको चर्चा भइरहेको छ ।

आज आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस सम्बन्धमा प्रष्ट पारेका छन् । आफूहरुले समितिलाई बुझ्न सजिलो होस भनेर ‘सपोर्टिङ डकुमेन्ट’ हरु पठाएको उनको दाबी छ ।

टीओडी डेटामात्रै पठाउँदा मात्रै नबुझिने भएकाले अन्य डकुमेन्टहरु पठाएको घिसिङले बताए ।

उनले भने, ‘सबै हाम्रो सम्बन्धित र आवश्यक डकुमेन्ट बुझाएको हो । हामीसँग घन्टा घन्टाको विद्युत खपतको रेकर्ड हुन्छ । त्यो रेकर्डको सफ्ट कपीको प्रिन्ट नै ४० कि ५० हजार आएको छ । त्यो पनि पठाएका छौं । एमपावर भन्ने सफ्ट वेयरमा भएको सबै डाउनलोड गरेर पठाइदियौं । पछिल्लो चरणमा गरेका बिलिङको प्रिन्ट र एक्सेल सिट पनि पठाइदियौं । यसैगरि, अदालतबाट भएका ९०वटा निर्णयमा विभिन्न व्याख्या भएको छ । ती सबै व्याख्याको फोटोकपि गरेर पठाएका छौं ।’

घिसिङले सरकारसँग प्राधिकरणको कुनै असमझदारी नरहेको पत्रकार सम्मेलनम बताएका थिए ।

उनले भने, ‘प्राधिकरण सरकारकै एउटा अंग हो । सरकारबाट भए गरेका निर्देशनहरु प्राधिकरणले ग्रहण गर्नुपर्छ । हामीले सरकारको विरुद्धमा काम गरेको जस्तो लाग्दैन । सरकारले पनि नाजायज काम गरेको भनेर भनेको देखिँदैन ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर