बहुमतको बलमा सरकारले संविधान संशोधन गर्दैन : उपप्रधानमन्त्री सिंह (भिडिओ) – Nepal Press

बहुमतको बलमा सरकारले संविधान संशोधन गर्दैन : उपप्रधानमन्त्री सिंह (भिडिओ)

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले बहुमतको बलमा संविधान संशोधन नगर्ने बताएका छन् ।

विश्व आदिवासी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सरकार संविधानको पालना गराउनको लागि, अपुरो भएका विषयहरुलाई संशोधन गर्ने बताए ।

उनले भने, ‘संशोधन निश्चित विधि र प्रक्रियाबाट हुन्छ । बहुमतको बलमा गर्ने होइन । विधि, प्रक्रिया पूरा गरेर गर्ने हो । अधिकार दिनुपर्नेमा कमी, कमजोरी भइरहेको छ। समाजमा उठेका असन्तुष्टिका सवालहरुलाई सम्बोधन गर्नका लागि संविधान संशोधन गरेर अझ समाजमा राम्रो वातावरण बनाउनका लागि यो सरकारले काम अगाडि बढाउनेछ ।’

उनले कांग्रेस जनतालाई अधिकार दिलाउनका लागि लडेको पार्टी भएको बताए ।

उनले थपे, ‘जनतालाई दिएको अधिकार फेरि फिर्ता ल्याउन कसैले सोच्छ ? ०७२ को संविधानका दिएको अधिकारहरु पनि कटौती गर्न लागेको हो कि भन्ने हल्ला, गलत व्याख्या गरिरहेको छ । गलत भाष्य विकसित गर्न दुष्प्रयास गरेको कुरालाई ध्यानमा राख्नुपर्छ ।’

संघीयता, लोकतन्त्र, गणतन्त्र, समावेशिता सबै कुरालाई अझ राम्रोसँग जनताले चाहे अनुसार बनाउनको लागि संविधान संशोधन हुने उनले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर