नेपालमा ३१ हजार ५१२ घरमा बालबालिका घरमुली
काठमाडौं । नेपालमा ३१ हजार ५१२ घरमा बालबालिका अभिभावकीय भुमिकाको रुपमा रहेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रवार काठमाडौंमा सार्वजनिक गरेको बालबालिका सम्बन्धि तथ्यांकीय प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको हो ।
१० वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुसँग गरिएको कुराकानीमा सो तथ्यांक भेटिएको सो कार्यालयका जनसंख्या शाखाका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए ।
नेपालमा ६६ लाख ६० हजार ८४१ परिवार रहेका छन् । ती परिवार मध्ये ३१ हजार ५१२ परिवारमा परिवारमुली बालबालिका रहेको देखिएको सो तथ्यांकमा भनिएको छ । निर्देशक लामिछानेले त्यसमा पनि बालिकाहरु बढी परिवारमुलीको रुपमा रहेको पाइएको पनि बताए ।
उनकाअनुसार बालक ०.३६ प्रतिशत र बालिका ०.७१ प्रतिशत छन् । परिवारमुलीको रुपमा बालिकाको संख्या बढी देखिएको पनि निर्देशक लामिछानेले बताए । प्रतिवेदनमा शहरी र अर्ध शहरी क्षेत्रमा बालिकाहरुको संख्या परिवारमुलीको रुपमा बढी रहेको पनि औंल्याइएको छ ।
निर्देशक लामिछानेले भने, ‘कति वटा परिवारमा बालबालिका रहेछन् भनेर हेर्दाखेरी नेपालमा करिव ७१ दशमलव ३ प्रतिशत परिवारमा बालबालिकाको उपस्थिति रहेछ । कम्तीमा एक जना बालबालिका भएको परिवार ७१।३ प्रतिशत रहेछन् । ३० प्रतिशत घरमा करिव २९ प्रतिशत परिवारमा बालबालिका रहेनछन् भन्नेकुरा आयो । अब परिवारमुलीको हिसावले हामीले ६६ लाख ६० हजार ८४१ परिवार हाम्रो जम्मा परिवार हो । त्यो परिवारमध्ये ३१ हजार ५१२ परिवारमा परिवारमुली बालबालिका रहेको अवस्था देखिन्छ । १० वर्षदेखि १७ वर्ष उमेरका बालबालिका परिवारमुलीको रुपमा रहेका छन् । यो पर्सेन्टेजको हिसावले भन्ने हो भने नेपालमा ० दशमलव ४७ प्रतिशत बालबालिकाहरु परिवारमुलीको रुपमा रहेका छन् भने बालक चाहीँ ० दशमलव ३६ प्रतिशत र बालिका ० दशमलव ७१ प्रतिशत भनेपछि परिवारमुलीको रुपमा बालिकाको संख्या अलि बढी देखिन्छ । र शहरी र अर्ध शहरी क्षेत्रमा हामीले हेर्यौं भने बालिकाहरुको संख्या परिवारमुलीको रुपमा बढी रहेको देखिन्छ । सबैभन्दा बढी ग्रामिण क्षेत्रमा ० दशमलव ६९ प्रतिशत रहेको छ ।’
७१ दशमलव ३ प्रतिशत परिवारमा बालबालिका रहेपनि करिव २९ प्रतिशत परिवार भने बालबालिकाविहीन रहेको पाइएको निर्देशक लामिछानेले बताए ।
नेपालमा बालबालिकाको संख्या घट्दै गएको प्रतिवेदनले देखाएको छ । निर्देशक लामिछानेकाअनुसार पछिल्लो १० वर्षको अवधिमा बालबालिकाको संख्या १०.९ प्रतिशतले घट्न गएको छ । नेपालका हाल ९८ लाख ६९ हजार ५८३ अर्थात कुल जनसंख्याको ३३.८ प्रतिशत बालबालिका रहेका छन् ।
०—१७ वर्षसम्मको जनसंख्या ९८ लाख ६९ हजार ५८३
नेपालको कुल जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५७८ मध्ये बालबालिका ९१८ वर्षभन्दा कम उमेरका अर्थात ० देखि १७ वर्षसम्मका० को ९८ लाख ६९ हजार ५८३ ९३३।८ प्रतिशत० रहेका छन् । जसमध्ये बालक ५१.८ प्रतिशत र बालिका ४८.२ प्रतिशत रहेको छ । कुल पुरुषमध्ये बालक ३६ प्रतिशत र कुल महिलामध्ये ३२ प्रतिशत बालिका रहेका छन् ।
बालबालिकाको लैङ्गिक अनुपात १०७.६ जना अर्थात प्रतिएक सय जना महिलामा १०७.६ जना पुरुष रहेको छ । जबकी समग्र जनसङ्ख्यामा महिलाको जनसङ्ख्या पुरुषकोभन्दा करिव ६.५ लाखले बढी छ भने समग्र बालबालिकाको जनसङ्ख्यामा बालकको जनसङ्ख्या बालिकाको भन्दा करिव ३।६ लाखले बढी रहेको छ । त्यसैगरी समग्र लैङ्गिक अनुपात ९५।६ मा बालबालिको लैङ्गिक अनुपात निकै बढी देखिएको छ ।
नेपालमा सबैभन्दा धेरै १० देखि १४ वर्षसम्मका बालबालिका
नेपालमा सबैभन्दा धेरै ९२९.५५० १० देखि १४ वर्षसम्मका बालबालिका रहेका देखिन्छन् । दोस्रो, तेस्रो र चौथोमा रहेका छन् क्रमशः ५ देखि ९ वर्ष, ४ वर्षभन्दा कम र १५ देखि १७ वर्षसम्का बालबालिका छन् ।
बालबालिकाको वार्षिक जनसङ्ख्या वृद्धिदर – १.१ प्रतिशत
२०५८ बाट २०६८ मा बालबालिकाको वार्षिक जनसङ्ख्या वृद्धिदर ०.४६ प्रतिशत रहेको थियो । २०६८ बाट २०७८ मा पुग्दा यो ऋणात्मक रह्यो । अहिले यो – १.१ प्रतिशत हुन पुगेको छ ।
यस दश वर्षको अवधिमा समग्र जनसङ्ख्या १०.१ प्रतिशतले थप हुँदा बालबालिकाको जनसङ्ख्या १०.९ प्रतिशतले घट्न गएको देखिएको छ । जसमध्ये बालकको तुलनामा बालिकाको जनसङ्ख्या करिव ४ प्रतिशत बिन्दुले बढीले घटेको छ ।
वागमती र गण्डकी प्रदेशका परिवारमा बालबालिका बसोवासमा कमी
नेपालका कुल परिवार ६६ लाख ६६ हजार ९३७ मध्ये ७१.३ प्रतिशत परिवारमा कम्तीमा एक जना १८ वर्षभन्दा मुनिका बालबालिका रहेका छन् । सबैभन्दा बढी तराईका ७६.१ प्रतिशत परिवारमा बालबालिकाको बसोवास रहेको छ भने सबैभन्दा कम पहाडका परिवारमा कम बालबालिका बसोवास रहेको देखिएको छ ।
अर्धशहरी (७६.४ प्रतिशत) र ग्रामिण (७०.५ प्रतिशत)क्षेत्रको तुलनामा शहरी (६५.० प्रतिशत_ क्षेत्रका कम परिवारमा बालबालिका बसोवास रहेको छ । बालबालिकाको बसोवास वागमती र गण्डकी प्रदेशका परिवारमा अन्य प्रदेशको तुलनामा कम छ ।
नेपालका एकल परिवारमा ५४.१ प्रतिशत र ४५.९ प्रतिशत संयुक्त परिवारमा कम्तीमा एक जना बालबालिको बसोवास रहेको छ । मधेस र सुदूरपश्चिम प्रदेशमा करिव बराबर पारिवारिक संरचना (एकल र सयुक्त) मा बालबालिकाको बसोवास रहेको छ भने अन्य प्रदेशमा संयुक्त परिवारमा भन्दा एकल परिवारमा बालबालिकाको बसोवास रहेको छ । यसले परिवारको संरचना एकल परिवारतर्फ उन्मुख भएको देखिएको तथ्यांकमा देखाइएको छ ।
१० देखि १७ वर्षसम्मका कुल बालबालिकामध्ये १.६ प्रतिशतको विवाह
देशका १० देखि १७ वर्षसम्मका कुल बालबालिकामध्ये १.६ प्रतिशतको विवाह भएको छ । विवाहित बालवालिका सर्वाधिक ९२.६५० कर्णालीमा र सबैभन्दा न्यून ९१.१५० वागमतीमा रहेको देखिन्छ ।
नेपालमा बाल विवाह विद्यमानतादर १४.१ प्रतिशत छ । पुरुषतर्फ यो मान ५.० प्रतिशत भने महिलातर्फ २१.९ प्रतिशत रहेको छ । वालविवाहलाई दिगो विकासको महत्वपूर्ण सूचकको रुपमा लिइएको छ ।
यो सूचक कुल २० देखि २४ वर्षका महिलामा २० देखि २४ वर्षका विवाहित महिलाले १८ वर्ष नपुग्दै विवाह गरेको अधारमा गणना गरिन्छ । प्रदेशस्तरमा बाल विवाह हुने पुरुषको सर्वाधिक ९९.५५० विद्यमानतादर कर्णाली प्रदेशमै रहेको छ भने दोस्रो ९५.७५० मधेस प्रदेश र तेस्रो ९५.५५० लुम्बिनी र सुदूरपश्चिम प्रदेश रहेका छन् ।
यी तथ्याङ्गले नेपालमा पुरुषको तुलनामा महिलाको बाल विवाहको विद्यमानतादर दोब्बरभन्दा बढी रहेको स्पष्ट देखिन्छ । हिमाल, पहाड र तराईको विश्लेषण गर्दा गणनाको समयमा २० देखि २४ वर्ष उमेर भएका पुरुष र महिलामध्ये १८ वर्ष उमेर पूरा नभई हुने बाल विवाह सर्वाधिक ९१५.४५० तराईमा छ भने हिमालमा १४.९ प्रतिशत र पहाडमा १२.२ प्रतिशत मात्र छ । यसबाट बाल विवाहको समस्या तराई र पहाडमा भन्दा हिमालमा न्यून रहेको देखिन्छ ।
परिवारको सम्पन्नताको पञ्चम वर्गीकरणअनुसार गणनाको समयमा २० देखि २४ वर्षका युवा र युवतीको जनसङ्ख्यालाई हेर्ने हो भने बाल विवाह अति न्युन वर्गभित्र सर्वाधिक (२०.८५) रहेको देखिन्छ । न्यून वर्गभित्रका बालबालिकामा बाल विवाहको विद्यमानता (१७.८ ५) रहेको छ । अति उच्च वर्गमा यो सबैभन्दा न्यून (४.९ ५)छ भने उच्च वर्गमा यो ११।७ प्रतिशत मात्र छ ९तालिका २७० । यसरी परिवार सम्पन्न हुँदै जाँदा बाल विवाहजस्तो सामाजिक समस्या पनि केही हदसम्म घट्दै गएको देखिन्छ ।
बालबालिका र साक्षरतादर
५ वर्ष र सोभन्दा माथिल्लो कुल जनसङ्ख्यामध्ये ९४.१ प्रतिशत साक्षर रहेको देखिएको छ ।
साक्षर बालबालिकामध्ये ४६.१ प्रतिशतले प्राथमिक तह पूरा गरेको देखिन्छ । एसईई वा सोसरह र सोभन्दा माथिको तह उत्तीर्ण गर्नेको अंश ६ प्रतिशत रहेको छ ।
नेपालमा अझै पनि ५.४ प्रतिशत बालबालिका कहिल्यै विद्यालय नगएका छन भने विचैमा पढ्न छाडेका ५.३ प्रतिशत देखिन्छ । विद्यालय नजाने बालबालिका हिमाल र पहाडको तुलनामा तराईमा सर्वाधिक ९८.०५० रहेको छ । पहाडमा यो केवल १.९ प्रतिशत रहेको छ । प्रादेशिक तहमा हेर्दा १४।० प्रतिशतसहित मधेस सबैभन्दा उच्च अवस्थामा छ भने गण्डकी १.१ प्रतिशतसहित न्यूनतम अवस्थामा छ ।
किशोरी आमाको सङ्ख्या
बालबालिकाको उमेर समूहभित्र पर्ने किशोरी आमा ९१३ देखि १७ वर्षसम्म० १५ हजार १२५ जना रहेका छन् । किशोरी आमामध्ये सर्वाधिक ९४८।४५० तराईमा छन् भने हिमालमा ७.६६ प्रतिशत रहेका छन् । शहरी क्षेत्रको तुलनामा ग्रामिण क्षेत्रमा किशोरी आमा बढी छन् ।
बालबालिकाको मृत्युको अवस्था
मृत्यु भएका कुल १५ हजार ८६८ बालबालिकामध्ये सर्वाधिक (६३.९५) अंश ४ वर्षभन्दा कम उमेरका बालबालिकाको रहेको छ । दोस्रो (१३.३५), तेस्रो (१२.६५) र अन्तिममा (१०.३५) क्रमशः (०९१४, ५.९ र १५.१७ उमेर समूहका बालबालिका रहेका छन् ।
घरको स्वामित्व र बालबालिकाको उपस्थिति
बालबालिका भएका परिवारमध्ये ८७.४ प्रतिशतको आफ्नै स्वामित्वको घर, ११.५ प्रतिशतको भाडाको घर, ०.४ प्रतिशत संस्थागत घर र ०.७ प्रतिशत अन्य प्रकारको आवासीय एकाइमा बसोवास गर्दछन् ।
बालबालिका र घरेलु कामदार
१८ वर्षभन्दा मुनिका घरेलु कामदारको हैसियतमा परिवारभित्र रहेका बालबालिका नेपालमा ०.०३ प्रतिशत रहेको तथ्यांक कार्यालयले जनाएको छ ।