माओवादीको निष्कर्ष- कुलमानमाथि सरकारले अस्वाभाविक ढंगले लाञ्छना लगाउने प्रयास गर्‍यो (भिडिओ) – Nepal Press

माओवादीको निष्कर्ष- कुलमानमाथि सरकारले अस्वाभाविक ढंगले लाञ्छना लगाउने प्रयास गर्‍यो (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि सरकार अस्वाभाविक ढंगले प्रस्तुत भएको निष्कर्ष निकालेको छ ।

पार्टीको आज सुरु स्थायी कमिटी बैठकले घिसिङमाथि सरकारले गरेको व्यवहारप्रति आपत्ति जनाएको हो ।

बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमाथि अस्वाभाविक ढंगले लाञ्छना लगाउने काम सरकारबाट भएको छ । ती कुराप्रति गम्भीर ध्यानाकर्षण भएको छ, त्यसप्रति हामी खबरदारी गर्छौं ।’

ड्रेडिकेटेड तथा ट्रंकलाइनको महसुलको विषयमा पछिल्लो समय सरकार र प्राधिकरणबीच टसल पर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर