कामबाटै जनतामा देखिएको निराशा चिर्छौँं: उपप्रधानमन्त्री सिंह
काठमाडौं । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले समाजमा देखिएको निराशालाई कामबाटै चिर्ने र नागरिकको दैनिकी सहज बनाउने दाबी गरेका छन्।
काठमाडौं १ मा आयोजित कार्यक्रममा बोल्दै सरकारले जनताले अनुभूति गर्ने गरि काम गर्ने बताए।
उनले भने, ‘सरकारले अहिले समाजमा देखिएको निराशालाई चिर्ने, काम गरेर देखाउनुपर्छ। सरकार गठनअघि देशलाई समृद्धिको मार्गमा लैजाने, निराशा चिर्ने र प्राप्त उपलब्धि रक्षा गरेर जानेगरी भएको सहमतिको जगमा यो सरकार बनेको तपाईंहरूलाई थाहै छ ।’
आफूले विगतमा अवसर पाउँदा पनि काम गरेको र अहिले पहिले भन्दा धेरै काम गर्नुपर्छ भन्नेमा सचेत रहेको सुनाए। उनले भने, ‘जनतामा देखिएको निराशा र अस्थिरता बढाउने गरि भ्रम छरेकाले त्यसलाई रोक्न बनेको कांग्रेस एमाले सम्मिलित सरकारलाई काम नगर्ने छुट छैन।’