लिभिङ टुगेदरमा बसेको केटाले बिहे गर्न नमानेको भन्दै युवती माइतीघरस्थित झण्डा राखेको पोलमा चढेपछि…
नेपाल प्रेस
२०८१ साउन २६ गते १५:४०
काठमाडौं । दुई वर्षसम्म लिभिङ टुगेदरमा बसेको केटाले बिहे गर्न नमानेको भन्दै माइतीघर मण्डलास्थित राष्ट्रिय झण्डा राखेको पोलमा चढेर एक महिलाले आत्महत्याको प्रयास गरेकी छन् ।
जुम्ला घर भएकी सहारा शाहीले पोलबाट हाम्फाल्ने प्रयास गरेकी हुन् ।
उनी केटाले बिहे गर्न नमानेपछि करिब ३५ दिनदेखि घर्नामा थिइन् । घर्नामा बसेकी शाही आज हाम्फालेर मर्ने भन्दै माइतीघरस्थित पोलमा चढेकी थिइन् । तत्काल उनलाई प्रहरीले उद्धार गरेको छ ।
यसअघि वैवाहिक बलात्कार मुद्दामा क्षतिपूर्ति नपाएको भन्दै आरती रावल गिरीले पनि यही पोलमा चढेर आत्महत्याको प्रयास गरेकी थिइन् ।
तस्विरहरु : उमेश कार्की
प्रतिक्रिया