नयाँ ओलम्पिक कीर्तिमानसहित नेदरल्यान्ड्सकी सिफानले जितिन् महिला म्याराथनको स्वर्ण
काठमाडौं । नेदरल्यान्ड्सकी सिफान हसनले पेरिस ओलम्पिकअन्तर्गत महिला म्याराथनको उपाधि जितेकी छन् । निर्धारित दूरी २ घण्टा २२ मिनेट ५५ सेकेन्डमा पूरा गर्दै हसनले स्वर्ण जितेकी हुन् ।
यसअघि ओलम्पिक कीर्तिमान २ घण्टा २३ मिनेट ७ सेकेन्डको थियो । स्वर्ण जित्नेक्रममा सिफानले टिस्ट आसेफालाई केवल तीन सेकेन्डले पछाडि पारिन् । उनले अन्तिम समयमा दौडको गति तेजले बढाएकी थिइन् ।। ३१ वर्षीय सिफान इथोपियानमा जन्मिएकी हुन् । जारी पेरिस ओलम्पिकमा उनले ५ हजार र १० हजार मिटरको कास्य जितेकी थिइन् ।
इथोपियाकी आसेफाले पनि अन्तिम समयमा गति बढाएकी थिइन् । सिफान पहिलोपटक ओलम्पिकको म्याराथनमा भिडेकी हुन् । टोकियो ओलम्पिकमा उनले ५ हजार र १० हजार मिटरमा स्वर्ण जितेकी थिइन् भने १५ सय मिटरमा कास्य हात पारेकी थिइन् ।