जनताका समस्या र मुद्दाहरुमा केन्द्रित भएर जनपरिचालन गर्नुपर्नेमा माओवादीको जोड (भिडिओ) – Nepal Press

जनताका समस्या र मुद्दाहरुमा केन्द्रित भएर जनपरिचालन गर्नुपर्नेमा माओवादीको जोड (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा नेतृत्व निर्माणका विषयमा बहस चलेको छ ।

आइतबार पार्टी कार्यालय पेरिसडाडामा बसेको बैठकमा नेतृत्व विकास गर्ने विषयमा सैद्धान्तिक बहस चलेको प्रवक्ता अग्नि सापकोटाले बताए । सिद्धान्त, बिचार, नीतिमा राम्रो तयारी गरि नेतृत्व निर्माण गर्नुपर्नेमा छलफल चलेको उनले बताए । उनले स्थायी कमिटीमा चलेको बहसले केन्द्रीय कमिटीमा पनि निरन्रतता पाउने जानकारी दिए ।

केही दिन यता जारी स्थायी कमिटी बैठकमा स्थानीय तहलाई आधार बनाएर समाजवादको आधार तयार पार्नुपर्नेमा सदस्यहरुले जोड दिएको उनले बताए ।

त्यस्तै, जनताका समस्या र मुद्दाहरुमा केन्द्रीत भएर जनपरिचालन कार्यक्रम ल्याउनुपर्ने, नयाँ कार्यनीतिको विकास गर्नुपर्ने धारणा आएको प्रवक्ता सापकोटाले जानकारी दिए ।

माओवादी सरकारले सुरु गरेको सामाजिक न्यायसहितको सुशासनका कार्यक्रमहरुबाट सरकार पछि हट्ने देखिएकाले खवरदारी गर्नुपर्ने धारणाहरु समेत आएको उनको भनाइ छ ।

आइतबार माओवादी स्थायी कमिटी बैठकमा १४ जना धारणा राखेका थिए । जसमध्ये अधिकांशले वैज्ञानिक मापदण्ड बनाएर पार्टीभित्रको मूल्याङ्कनलाइ प्रभावकारी बनाउनुपर्नेमा समेत जोड दिएका थिए ।

 


प्रतिक्रिया

One thought on “जनताका समस्या र मुद्दाहरुमा केन्द्रित भएर जनपरिचालन गर्नुपर्नेमा माओवादीको जोड (भिडिओ)

  1. प्रचण्डले सत्ता नभेटेसम्म । सत्ता भेेटेपछि त फेरि बिचौलिया, तस्करको संगत हुन्छ अनि जन परिचालन खत्तम । यस्ता वाहियातका कुरा अब पनि पत्याईरहने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर