शेयर मूल्य ५० हजार रुपैयाँ भएको युनिलिभरको नाफा करिब २ अर्ब, प्रतिशेयर आम्दानी कति ?
काठमाडौँ । सूचीकृत कम्पनीहरूमा सबैभन्दा आकर्षक शेयर रहेको युनिलिभरले आकर्षक नाफा कमाएको प्रतिवेदन सार्वजनिक गरेको छ ।
युनिलिभर नेपालले गत आर्थिक वर्षको चौथो त्रैमासमा १ अर्ब ९७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको (२०८९/८०) भन्दा ७.६३ प्रतिशतले धेरै हो । अघिल्लो वर्ष यसै अवधिमा कम्पनीले १ अर्ब ८३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको खर्च ६ अर्ब ४३ करोड रुपैयाँबाट घटेर ६ अर्ब ६ करोड रुपैयाँमा झरेको छ । खर्च घटे पनि यसको नाफा बढ्न सहयोग पुगेको छ । युनिलिभरको शेयर पुँजी ९ करोड २१ लाख रुपैयाँ छ । यसको रिटेन्ड अर्निङमा ४ अर्ब ७७ करोड रुपैयाँ जम्मा भएको छ ।
कम्पनीको सञ्चालन आम्दानी भने २.८४ प्रतिशतले घटेर ८ अर्ब २३ करोडमा झरेको छ । अघिल्लो वर्ष कम्पनीले ८ अर्ब ४८ करोड करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।
यता, कम्पनीको प्रतिशेयर आम्दानी भने बढेको छ । अघिल्लो वर्ष १९ सय ८८ रुपैयाँ रहेको प्रतिशेयर आम्दानी बढेर २१ सय ४४ रुपैयाँ (वार्षिक) पुगेको छ ।
प्रतिशेयर नेटवर्थ ५ हजार २८५ रुपैयाँ कायम छ । अहिले युनिलिभरको शेयर मूल्य अहिले ५० हजार रुपैयाँ छ ।