प्रधानमन्त्रीलाई मुकुलका १५ सुझाव- प्रदेश खारेजीदेखि अरु के-के छन् ? (पूर्णपाठ) – Nepal Press

प्रधानमन्त्रीलाई मुकुलका १५ सुझाव- प्रदेश खारेजीदेखि अरु के-के छन् ? (पूर्णपाठ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीबाट बर्खास्तमा परेका डा. मुकुल ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विभिन्न सुझाव पेस गरेका छन् ।

प्रधानमन्त्री ओलीसमक्ष उनले रास्वपाको समीक्षा यात्राको क्रममा विभिन्न जिल्लामा जनतासँगको प्रत्यक्ष भेटघाटको क्रममा आएका विषयलाई समेटेर सुझाव पेस गरेको उल्लेख गरेका छन् ।

ढकालले बुझाएको १५ बुँदे सुझावमा जनतामा प्रदेश संरचनालाई लिएर व्यापक निराशा र आक्रोश रहेको निचोडसहित संविधान संशोधनमा प्रदेश र जिल्ला समन्वय समिति खारेज गर्न माग गरेका छन् । उपराष्ट्रपति पद खारेज गर्नुपर्ने, समावेशिताको उपलब्धीलाई नघटाई स्थिर निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्ने, थ्रेस होल्ड बढाउनुपर्ने उनको माग छ ।

एक पटक नेपाली नागरिकता न्यागिसकेको व्यक्तिले फेरि नेपाली नागरिकता लिएमा त्यस्तो व्यक्तिलाई नेपालको संविधानको धारा २८९ को उपधारा १ बमोजिम मनोनयन वा नियुक्ति हुन नदिनुपर्ने व्यवस्था गर्न पनि उनको सुझाव छ ।

प्रशासन सुधार, स्थानीय सरकारका भ्रष्टाचार र बेथिति नियन्त्रण, मिटर व्याज पीडितको समस्या समाधान, खानेपानी, सिँचाई, मल र बजारको व्यवस्था गरी किसानको समस्या समाधानजस्ता विषय उनको सुझावमा समेटिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर