१४६ प्रतिशतले नाफा बढाएको सूर्यज्योतिका शेयरधनीको कति भयो आम्दानी ?
काठमाडौ । सूर्यज्योति लाइफ इन्सुरेन्सको खुद नाफा १४६.०३ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा कम्पनीले ३९ करोड ६५ लाख ३७ हजार रूपैयाँ नाफा कमाएको हो ।
अघिल्लो वर्षको यसै अवधिमा यसले १६ करोड ११ लाख ७३ हजार रूपैयाँ नाफा कमाएको थियो । कम्पनीको खुद बीमा शुल्क आर्जन २७.४७ प्रतिशतले बढेर ९ अर्ब १० करोड ५९ लाख ४८ हजार रूपैयाँ पुगेको छ । यता कुल आम्दानी भने ३०.१८ प्रतिशतले बढेर १२ अर्ब ६६ करोड २७ लाख पुगेको छ । बीमा कोषको आकार ३३ अर्ब ६३ करोडभन्दा धेरैको छ ।
यस बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार रहेको छ । भने रिटेन्ड अर्निङमा ५६ करोड ९५ लाख छ । यसको प्रतिशेयर आम्दानी ८ रूपैयाँ ७२ पैसा र प्रतिशेयर नेटवर्थ १३० रूपैयाँ ५६ पैसा छ । हाल सूर्यज्योतिको दोस्रो बजारमा प्रतिकित्ता शेयर ५७२ रूपैयाँमा कारोबार भइरहेको छ ।