सांसद भण्डारीद्धारा दमौली अस्पतालको निरिक्षण, ल्याबका सामाग्री हस्तान्तरण – Nepal Press

सांसद भण्डारीद्धारा दमौली अस्पतालको निरिक्षण, ल्याबका सामाग्री हस्तान्तरण

दमौली । सांसद शंकर भण्डारीले सोमबार दमौली अस्पतालको निरिक्षण गरेका छन् ।

निरिक्षणका क्रममा सांसद भण्डारीले बिरामीहरुसँग प्रत्यक्ष भेटघाट गरी सेवा प्रवाहका सम्बन्धमा जानकारी समेत लिएका छन् । सांसद बिरामीहरुलाई सेवा प्रवाहमा कुनै कसर बाँकी नराख्न अस्पताल प्रशासनलाई निर्देशन समेत दिए ।

दमौली अस्पतालको स्तरोन्नति गर्ने विषयमा सम्बन्धित निकायमा पहल कदमी गर्ने समेत सांसद भण्डारीले निरिक्षणका क्रममा बताएका थिए । अस्पतालको स्तरोन्नतिका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन सांसद भण्डारी गण्डकी प्रदेशका स्वास्थ्य सचिव विनोद विन्दु शर्मालाई निर्देशन समेत दिएका छन् ।

प्रदेश सरकारबाट गर्नुपर्ने कार्य गर्नुस केन्द्रबाट गर्नुपर्ने काम हामी गर्छौ गण्डकी प्रदेशका स्वास्थ्य सचिव शर्मालाई निर्देशन दिदै सांसद भण्डारीले भने  । यस विषयमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सँग समेत कुराकानी गर्ने सांसद भण्डारीको भनाई थियो । त्यस्तै दमौली अस्पतालको मर्मत कार्यका लागि बजेट उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरुसंग समेत सांसद भण्डारीले कुरा गरेका थिए ।

त्यस्तै सांसद भण्डारीले देशैभरिका अस्पतालहरुमा विद्युत शुल्क छुट दिने नीति अगाडि बढाउन ऊर्जा राज्यमन्त्री सँग कुराकानी गरेकाे बताए । निरिक्षणका क्रममा सांसद भण्डारीले अस्पतालका लागि आवश्यक पर्ने उपलब्ध गराउन समेत आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने बताएका थिए । राजधानी फर्किएपछि आवश्यक परे प्रधानमन्त्री सँग समेत भेटघाट गर्ने सांसद भण्डारीको भनाई छ ।

सो अवसरमा दमौली अस्पताल विकास समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले र दमौली अस्पतालका प्रमुख डा. परिवर्तन बरालले अस्पतालको अवस्थाका बारेमा जानकारी गराएका थिए । सो अवसरमा राष्ट्रिय सभा सदस्य पदम परियार ,प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, प्रहरी प्रमुख विरेन्द्रबहादुर शाही , तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष बैकुण्ठ मिश्र लगायतको उपस्थिती रहेको थियो । सोही अवसरमा सांसद भण्डारीले ल्याबका सामाग्री दमौली अस्पतालका अध्यक्ष वाग्लेलाई हस्तान्तरण गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर