आफ्नो सम्पत्तिबाट बचतकर्तालाई रकम फिर्ताको व्यवस्था मिलाइदिन संसदीय समितिलाई आग्रह – Nepal Press

आफ्नो सम्पत्तिबाट बचतकर्तालाई रकम फिर्ताको व्यवस्था मिलाइदिन संसदीय समितिलाई आग्रह

काठमाडौं । सहकारी संस्था बचत तथा रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय विशेष समितिको छानबिन अन्तिम चरणतिर पुगेको छ । केही दिनयता समितिले बचतकर्ताको रकम दुरुपयोग गर्ने सहकारीका सञ्चालकलगायतसँग सोधपुछ गरिरहेको छ ।

आज सुमेरू वचत तथा ऋण सहकारी संस्था लिमिटेड पुल्चोकका शेयर सदस्य राजबहादुर सिंहसँग सोधपुछ गरिएको समितिका सभापति सूर्य थापाले जानकारी गराए ।

सिंहले आफ्नो निजी सम्पत्तिबाट समेत बचतकर्ताको रकम फिर्ताको व्यवस्था थालनी गरी विश्वासको वातावरण सिर्जना गरेर सहकारी संस्थाको पुन: सञ्चालन गर्ने योजनाका साथ नयाँ सञ्चालक समूह आएको जानकारी गराएका छन् ।

सुमेरु सहकारीले यसअघि सुमेरु ग्रुपको सम्पत्ति बेचेर बचतकर्ताको रकम फिर्ता गर्ने प्रतवद्धता गरेको थियो ।

सुमेरुले प्रदेश रजिष्ट्रारको कार्यालयमा पेश गरेको वित्तीय विवरणअनुसार ८ अर्ब बढी दायित्व र १० अर्ब सम्पत्ति छ ।

सहकारी छानबिन समितिले केही दिनअघि मात्र बचतकर्ताको रकम दुपयोगमा जेलमा रहेका सञ्चालकहरूलाई बोलाएर सोधपुछ गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर