शेयर बजारमा ऐतिहासिक रेकर्ड : काराेबार २७ अर्ब नाघ्यो, पुँजीकरण साढे ४६ खर्ब पुग्यो
काठमाडौं । शेयर बजारमा सोमबार पनि उछाल आएको छ । बजारले ऐतिहासिक रेकर्ड बनाएको छ । कारोबार रकम र बजार पुँजीकरण दुवैमा ऐतिहासिक रेकर्ड कायम गरेको छ । सोमबार शेयर बजार ७०.८१ अंकले बढेर २९३१.६५ विन्दुमा अडिएको छ । यसदिन २७ अर्ब २४ करोड बढीको शेयर किनबेच भएको छ ।
आज ८ वटा कम्पनीमा सकारात्मक सर्किट ब्रेक लागेको छ । सूर्यज्योति लाइफ इन्सुरेन्स, हिमालयन लाइफ इन्सुरेन्स, जोशी हाइड्रोपावर डेभलपमेन्ट, रसुवागढी हाइड्रोपावर कम्पनी, श्वेतगंगा हाइड्रोपावर कन्स्ट्रक्स, शुभम पावर र भिजन लुम्बिनी उर्जा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
लगानी र उतपादन तथा प्रशोधन समुह बाहेक सबै समूहमा बढाेत्तरी भएको छ । बजार पुँजीकरण ४६ खर्ब ५३ अर्ब पुगेको छ । आज ३३९ कम्पनीको ६ करोड ४८ लाखभन्दा बढी कित्ता शेयर कारोबार भएको छ ।
१ अर्ब २२ करोडभन्दा बढी कारोबार भएको हिमालयन रिइन्सुरेन्स कारोबार रकमका आधारमा अगाडि छ ।