बंगलादेशका अन्तरिम गृहमन्त्रीको हसिनालाई चेतावनी- देश आउनु तर अस्थिरता नल्याउनु
काठमाडौँ । सैनिक सेवाबाट अवकाश लिएका ब्रिगेडियर जर्नेल तथा बंगलादेशी अन्तरिम सरकारका गृहमन्त्री एम. साक्वत हुसेनले निवर्तमान प्रधानमन्त्री शेख हसिनालाई देश फर्किन आग्रह गरेका छन् ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएको बंगलादेशी अखबार ढाका ट्रिब्यूनले उल्लेख गरेको छ । गृहमन्त्री हुसेनले हसिनालाई बंगलादेश फर्किएपछि आन्दोलन भने नगर्न चेतावनी समेत दिएका छन् ।
उनले भने, ‘तपाइँ देश फर्किने भन्दै हुनुहुन्छ । तर, सुरुमै तपाइँले किन देश छोड्नु भयो? तपाइँले स्वैच्छिक रुपमा देश छोड्नु भएको हो । यो तपाइँकै देश हो । तपाइँलाई देशमा आउँन स्वागत छ । तर, अस्थिरता चै नल्याउँनु होला । यदि त्यसो गर्नु भयो भने यसले जनतालाई थप उत्तेजित बनाउनेछ ।’ शेख हसिनाका छोरा सजिव वाजेद रोय तथा अवामी लिगका अरु नेताहरु तथा स्वयं हनिाले बंगलादेश फर्किने कुराहरु गरिरहेको समयमा यस्तो कुरा सार्वजनिक भएको हो ।