ललितपुरमा खोलाले बगाएर बालिकाको मृत्यु – Nepal Press

ललितपुरमा खोलाले बगाएर बालिकाको मृत्यु

काठमाडौं । ललितपुरको कोन्जोसोम गाउँपालिका- ३ सिलिङगेवेसीमा ठोस्ने खोलाले बगाएर आज एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही गाउँपालिका- १ दलचोकी बस्ने काभ्रेको पनौती घर भएकी प्रमिला भण्डारीकी छोरी साढे दुई वर्षीया प्रिन्सिका भण्डारी रहेको प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दिएको छ ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले खोलाले बगाएर आइतबारदेखि हराइरहेकी उनको खोजी गर्ने क्रममा रूखको हाँगामा अड्किएको अवस्थामा आज शव फेला परेको जानकारी दिए ।

त्यस्तै काठमाडौं महानगरपालिका- ६ बौद्ध चुच्चेपाटी ढुङ्गेधारा डेरा गरी बस्ने बैतडी दशरथ चन्द नगरपालिका- ४ घर भएका २४ वर्षीय नवीनसिंह बोहरा आफ्नै कोठामा मृत फेला परेका पनि प्रहरीले जनाएको छ ।

आइतबार मृत भेटिएका उनको विषयमा आवश्यक अनुसन्धान थालिएको कार्कीले बताए । -रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर